arrow

लम्कीचुहा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा वित्तीय संस्थाको १ लाख ३६ हजार सहयोग 

logo
गोविन्द बीसी,
प्रकाशित २०७७ वैशाख २७ शनिबार
corona-relief-fund.jpg

बौनिया। कैलालीको लम्कीचुहा नगरपालिकालाई आर्थिक सहयोग गरिएको छ। बिहीबार नगरपालिकाको राहतकोषमा वित्तीय संस्थाहरुले आर्थिक सहयोग गरेका हुन्।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड-१९) को रोकथाम तथा न्यूनिकरणका लागि असाहय, दैनिक ज्यालादारी गरि खाने विपन्न सिमान्तकृत समुदाय तथा नागरिकलाई राहत कोषबाट सहयोग होस् भन्ने उद्देश्यले मेराे माइक्रोफाइनान्स, किसान माईक्रोफाइनान्स र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सहयोग गरेको जनाइएको छ।

संस्थाले क्रमश ७५ हजार, ५१ हजार र १० हजार रुपैयाँको चेक रकम लम्कीचुहा नगर प्रमुख महादेव बजगाईलाई हस्तान्तरण गरि सहयोग गरेका हुन्। लम्कीचुहा नगरपालिका अन्तर्गत शाखा कार्यालय रहेका तीनवटै वित्तीय संस्थाहरुले नगरपालिका कार्यालयमै उपस्थित भएर आर्थिक सहयोग गरेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय प्रतापपुरका शाखा प्रमुख दयाराम यादवले जानकारी दिए।

नगरपालिकाको गत चैत्र १८ गतेको निर्णय अनुसार दैनिक ज्यालादारी गरिखाने अति विपन्न नागरिकलाई खाद्यान्न वितरण गर्ने कार्यक्रम अन्तर्गत प्रकोप व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरिएको हो। नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा अहिले दिनहुँजसो विभिन्न दाताले सहयोग गर्दै आएको नगर प्रमुख बजगाईले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ