arrow

भुल्केस्थित नुरी मस्जिद क्षेत्रका थप तीनमा कोरोना भेटिएपछि १४३ को स्वाब संकलन

logo
विश्व तामाङ,
प्रकाशित २०७७ वैशाख २७ शनिबार
corona-test-udayapur.gif

उदयपुर। उदयपुरमा थप तीन जनामा कोरोना संक्रमण देखिएपछि एक सय ४३ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको छ। 

त्रियुगा नगरपालिका ३ भुल्के क्षेत्रका ७३ पुरुष र ७० महिला गरी १४३ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको जिल्ला जनस्वास्य प्रमुख मोहन सुवेदीले जानकारी दिए। 

स्वाब संकलन आईतबार पनि हुने छ। यस अघि त्रियुगा नगरपालिका क्षेत्रका ८८५, चौदण्डिगढि नगरपालिका क्षेत्रका ६१, कटारी नगरपालिकाको ३६, वेलका नगरपालिकाको १६, लिम्चुङबुङ गाउँपालिकाका ८, रौतामाई गाउँपालिकाका ५ र ताप्ली गाउँपालिकाका २ गरी १०१३ को पिसिआर परिक्षण गरि सकिएको छ । 

यता उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद क्षेत्रका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या उदयपुरमा मात्रै ३१ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान दिएको जानकारीअनुसार यहाँका १८, ४५ र ६५ वर्षीय महिलामा संक्रमण भएको पुष्टि भएको हो। उनहिरु सबै मुस्लिम समुदायका महिला हुन् । 

कोशी अस्पताल विराटनगरको पीसीआर ल्याबमा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण देखापरेको मन्त्रालयले जनाएको छ।

तीन दिनअघि भुल्के क्षेत्रका ३३४ जनामा दोश्रोपटक स्वाब परीक्षण गरिएको थियो। सोही मध्ये ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए। 

संकलित स्वाब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको उनले बताए। पठाइएका मध्ये आधाको मात्र रिर्पोट आएको र बाँकीको परीक्षण भइरहेको सुवेदीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ