arrow

लिपुलेकका बिषयमा सरकारको प्रतिक्रिया पछि भारतको आयो जवाफ

सीमाको समस्या समाधान कोभीड १९को सामना पछि द्विपक्षीय मैत्री सम्बन्धको भावनामै रहेर गर्ने भारतको प्रतिबद्धता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २७ शनिबार
india-flag.jpeg

काठमाडौं। नेपाल सरकारले नेपाली भूमि लिपुलेक सम्पर्क सडकबाट जोडिएको र त्यसको शुक्रबार भारतले उद्घाटन गरेको सार्वजनिक जानकारीमा आउनुलाई खेदपूर्ण भने लगत्तै भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ। 

नेपालले जनाएको औपचारिक प्रतिक्रियालाई जानकारीमा लिएको भन्दै भारतको विदेश मन्त्रालयले उत्तराखण्ड राज्यको पिथौरागढ़ जिल्लामा भर्खरै उद्घाटन गरिएको सडक खण्ड पूर्ण रूपमा भारतको इलाकामा अवस्थित रहेको दावी गरेको छ। 

यद्यपी सीमाका कतिपय विवादहरु हल गर्न दुई देशबीच संयन्त्रहरु रहेको र ति संयन्त्रहरु कोभिड १९को महामारी सामना गरेपछि पुन संचालनमा आउने भारतीय विदेश मन्त्रालयले जनाएको छ। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ती निकाल्दै भारतको इलाकामा अवस्थित सडक कैलास मानसरोवर यात्राका तीर्थयात्रीहरूले प्रयोग गरेको पूर्व अवस्थित मार्गकै अनुसरण भएको जनाएका छन्।  

भारत सरकारका तर्फबाट विदेश मन्त्रालयमा प्रवक्ताले तीर्थयात्रा, स्थानीय र व्यापारीहरूको सहज र सुविधाको लागि उही सडक भारत सरकारले पक्का गरेको बताएको छ। 

भारत र नेपालले सबै सीमानाका मामिलाहरू सम्हाल्न संयन्त्र स्थापना गरेको उल्लेख गर्दै भारतीय विदेश मन्त्रालयले नेपालसँग सीमा रेखाचित्र अभ्यास चलिरहेको समेत जनाएको छ। 

‘कूटनीतिक वार्ताबाट र नेपालसँगको हाम्रो घनिष्ट र द्विपक्षीय मैत्री सम्बन्धको भावनामा उल्लेख्य सीमा समस्याहरूको समाधान गर्न भारत प्रतिबद्ध छ,’ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्,’ दुबै पक्ष विदेश सचिवस्तरीय वार्ताहरूको तालिका बनाउने प्रक्रियामा रहेका छन्। दुई देशका सरकारहरूले कोवीड १९को महामारीको सफलतापूर्वक सामना गरे पछि दुवै पक्षबीच मितिहरू तय भएपछि वार्ता  हुनेछ।‘



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ