arrow

बन्दे भारत मिसन अन्तर्गत भारतीयहरु विदेशबाट स्वदेश फर्कदै, केहीमा कोरोना

मध्यपूर्व र भारतबाट नेपालीलाई पनि ल्याउन सरकारलाई दवाव

logo
प्रकाशित २०७७ वैशाख २७ शनिबार
corona-india-abroad.jpg

काठमाडौं। कोरोना भाइरसका कारण भारतले खाडी मुलुकबाट धमाधम आफ्ना नागरिकको उद्दार गरिरहेको छ । बिहीबार ७ मेदेखि सुरु भएको भारतको यो मिसनका सुरुआती दुई दिनमा ७ वटा फ्लाइट आएका थिए । तीमध्ये ४ वटा केरलमा पुगे । 

शनिबार बंगलादेशको ढाकाबाट १२९ भारतीयलाई लिएर पहिलो फ्लाइट दिल्ली पुगेको थियो । भारतले बन्दे भारत मिसन अन्तर्गत जल, जमिन र वायु तीन वटै संयन्त्र प्रयोग आफ्ना नागरिकलाई स्वदेश फर्काउन शुरु गरेको छ । 

यसैबीच समुद्री यात्रा गरी माल्दिभ्सबाट ६९८ भारतीय भारत पुग्दैछन् । शुक्रबार माल्दिभ्सबाट हिँडेका उनीहरु आइतबार कोच्चीं पुग्ने अनुमान गरिएको छ । 

शनिबारै सात वटा फ्लाइट रहेको बताइएको छ । कुवेतबाट हैदराबाद, मस्कटबाट कोच्चीं, शारजाहबाट लखनउ, कुबेतबाट कोच्चीं, लण्डनबाट मुम्बई र दोहाबाट कोच्चीं आउँदैछन् । 

यसैबीच केहीमा कोरोना भाइरसको संक्रमण पनि पाइएको छ । पहिलो दिन नै खाडी देशबाट आएका २ भारतीयमा कोरोना पोजेटिभ देखिएको हो । 

यिनीहरुमध्ये एक जना दुबईबाट कोझिकोड र अर्को व्यक्ति अबुधाबीबाट कोच्चीं आएका थिए । त्यस्तै अबुधाबीबाट आएको पहिलो फ्लाइटमा १८१ भारतीय थिए । जसमा ५ जना कोरोना संक्रमित रहेका थिए । 

यिनीहरु जुन विमानमा आएका थिए उनीहरुमा ९ बालबालिकासहित ३६३ जना रहेका थिए । 

भारत सरकारले विदेशबाट भारतीयहरु फर्काउने क्रममा पहिलो प्राथमिकतामा वृद्धवृद्धा र गर्भवती महिलालाई राखेको छ । 

भारतले विदेशबाट आफ्ना नागरिक फिर्ता गराउने यो अहिलेसम्मकै सबैभन्दा ठूलो अभियान भएको बताएको छ। 

भारतले आफ्ना नागरिक विदेशबाट स्वदेश फर्काउदै गर्दा नेपाल सरकारलाई पनि संसदको परराष्ट्र समितिले विदेशमा भएका आफ्ना नागरिकलाई स्वदेश फर्काउन निर्देशन दिएको छ। खासगरि खाडी मलुकबाट भारतले आफ्ना नागरिक ल्याए पछि नेपाल पनि दवावमा परेको छ। 

भारतमै रहेका हजारौं नेपाली पनि स्वदेश फर्कन चाहिरहेपनि उचित प्रवन्ध नहुँदा आउन पाइरहेका छैनन। उनीहरुको खाना पानी नपाएर दुख विलौना गरेसँगै सरकारप्रति आक्रोश पोखेका भिडियो सोसल मिडियामा भाइरल भइरहेका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ