arrow

लकडाउनका बेलामा वडाध्यक्षको दादागिरी, स्थानीयद्धारा कार्यालयमा तालाबन्दी

logo
प्रकाशित २०७७ वैशाख २७ शनिबार
Gaurishankar_Gaunpalika.png

दोलखा । वडाध्यक्षले जवरजस्ती निर्णय गर्न खोजेपछि गौरिशंकर गाउँपालिका वडा नम्बर २ का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । 

वडा कार्यालय भवन निर्माण गर्ने स्थान तथा उपभोक्ता समिति गठनमा स्थानियहरुसँग विवाद भएपछि वडा अध्यक्ष वसन्त कार्कीले जबर्जस्ती समिति गठन गर्न खोजेपछि  स्थानीय सरोकारवाला र वडावासीले कार्यालयमा तालाबन्दी गरेका हुन् । 

उनीहरुले संयुक्त रुपले विज्ञप्ति जारी गर्दै वडा कार्यालयमा तालवन्दी गरेको गौरीशंकर गाउँपालिका वडा नम्बर २ का एक स्थानीयले बताए । 

 उनका अनुसार साविकको वडा कार्यालय रहेको स्थानमानै कार्यालय भवन निर्माण गर्नु पर्ने स्थानीय जनताको मागलाई बेवास्ता गर्दै जुँगु स्वास्थ्य चौकी रहेको स्थानमा कार्यालय भवन निर्माण गर्न वडा कार्यालयले उपभोक्ता समिति गठन गर्न लागेपछि स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीयले जानकारी दिए ।

कोरोना भाइरसको भयावह रोक्न लकछाउन चलिरहेका बेलामा वडा कार्यालयको निर्माण अपायक ठाउँमा गर्न एकपक्षिय रुपमा उपभोक्ता समिति गठन गर्न खोजिएपछि वाध्य भएर तालाबन्दी गर्नुपरेको स्थानीयको भनाइ छ । 

करिब ४० जना सरोकारवालाहरुको रोहवरमा वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ