arrow

खान लाउन नदिएको भन्दै छोराले गरे बन्चरो हानेर आमाबुबाको हत्या(भिडियो सहित)

तेह्रथुममा हत्याको श्रृखला बढ्दै

logo
अमृत बास्तोला,
प्रकाशित २०७७ वैशाख २७ शनिबार
murder-terathum.gif

तेह्रथुम । पछिल्लो समय तेह्रथुम जिल्लामा एकपछि अर्को हत्याको श्रृखला बढ्दै गएको छ । गत फागुन महिनामा आठराई गाउँपालिका–४, ईवा तीनसल्लेमा २८ वर्षीया विन्दा पुरीको विभत्स हत्याको बिषय सेलाउन नपाउँदै तेह्रथुमकै फेदाप गाउँपालिका–५ ईसिबुमा अर्को एक दम्पतीको विभत्स हत्या भएको छ । 

स्वर्गमा छ मेरो बास, तर धर्तीमा छ आस, जिन्दगीमा आउन्छन् हजारौ बधाअर्चन्, तैपनी पन्छाउदै जिउने छ आस यस्तो स्टाटस सहितको आफ्नो तस्बिर फेसबुकमा विहीबार दिउँसो ३ बजेर १२ मिनेटमा पोस्ट गरेका तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिबुका २० वर्षीय कञ्चन लिम्बूले साँझ ६ बजे आफ्नै बाबुआमाको विभत्स हत्या गरे । 

बुद्धजयन्तीको दिन विश्वभरले हत्याहिंसा नगरौ भनेर शुभकमना दिइएरहेको बेला आफ्नै छोराद्धारा बुबाआमाको विभत्स हत्या भएको हो। सानैमा आमा गुमाएका कञ्चनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी विभत्स हत्या गरेको तेह्रथुम जिल्लाका प्रहरी नायव उपरीक्षक नविन किश्वर प्रधानले जानकारी दिए । 

बुबा रुपबहादुर लिम्बूले दोस्रो विवाह इशा खापुङ लिम्बूसंग गरेपछि आमाको साथ र मायामा हुर्किएका कञ्चन वयस्क भएपछि बुबाआमाको माया र साथमा कमि आउन थालेको महसुस गर्दै आएका थिए । स्थानीय विद्यालयमा कक्षा ९ सम्म अध्ययान गरेका कन्चनले बिचैमा पढाई छाडी मजदुरी गर्दै आफ्नो आवश्यकताहरु पुरा गर्दै आएका थिए । लकडाउनका कारण गत बैसाख ११ गते मात्र कञ्चन घर आएको स्थानीयहरु बताउँछन् । 

सौतेनी आमा र बुबाले कुटपिट गर्ने, मार्ने भनी चेतावनी दिने, घरमा खान लगाउन नदिने, अनावश्यक यातना दिएका कारण आफैले बुबाआमाको हत्या गरेको कञ्चनले स्वीकार गरेको तेह्रथुम जिल्लाका प्रहरी नायव उपरीक्षक प्रधानले बताए। बुबाआमाको हत्या गरेपछि भाग्दै गरेको अवस्थामा प्रहरीले कञ्चनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले कन्चनलाई हिरासतमा राखी घटनाको थप अनुसन्धान गरिरहेको छ । 

विभत्स हत्यापछि ७ महिनाको नाबालक छोरीले आमाबुबाको काख गुमाएकी छिन् । ७ महिने छोरी अहिले आफन्तको संरक्षणमा रहेको बताइएको छ । मृतक रुपबहादुर र इशाको शव जिल्ला अस्पताल तेह्रथुममा पोस्टमार्टम पछि आफन्तलाई प्रहरीले जिम्मा लगाएको छ । 

गत फागुन महिनामा आठराई गाउँपालिका–४, ईवा तीनसल्लेमा २८ वर्षीया विन्दा पुरीको विभत्स हत्या आफ्नै दुईजना देवरहरुबाट भएको थियो । देवरहरु २५ वर्षका सुरेन्द्र पुरी र ३२ वर्षका बालकृष्ण पुरीले भाउजुको हत्या गरेका थिए ।

आर्थिक कारोबारको किचलो र पारिवारिक मनमुटावका कारण काइला देवर सुरेन्द्र र कान्छा देवर बालकृष्णले भाउजू विन्दाको हत्या गरेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा श्रीमान् दुबईमा रहेको बेला १० वर्ष र १५ महिनाका दुई छोराहरु सहित आफ्नै घरमा बस्दै आएकी विन्दाको हत्या भएको हो । जिल्लामा भएका हत्याका घटनाहरु पारिवारीक द्धन्द्धका कारण भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ