arrow

भारतमा कोरोनाबाट ६३ हजार संक्रमित, २१ सय बढीको मृत्यु

logo
प्रकाशित २०७७ वैशाख २८ आइतबार
corona-india2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसबाट ६२ हजार ८ सय ८ जना संक्रमित भएका छन् । २४ घण्टाको अवधिमा २ हजार ८ सय ९४ जना संक्रमित थपिएका छन् । 

महाराष्ट्रमा १ हजार १६५ जना संक्रमित थपिएर संक्रमितको संख्या सबैभन्दा बढी २० हजार २२८ पुगेको छ ।गुजरातमा ३९४ जना नयाँ संक्रमित थपिएर संक्रमितको संख्या ७ हजार ७९७ पुगेको छ ।

दिल्लीमा २४ घण्टामा संक्रमित थपिएनन् । त्यहाँ ६ हजार ५४२ जना संक्रमित छन् । 

तमिलनाडुमा ५२६ जना संक्रमित थपिँदा संक्रमितको संख्या ६ हजार ५३५ छ । राजस्थानमा १२९, मध्यप्रदेशमा ११६, उत्तर प्रदेशमा १५९, पश्चिम बंगालमा १०८ र आन्ध्रप्रदेशमा ४३ जना नयाँ संक्रमित थपिएका छन् । 

मृतकको संख्या २ हजार १०१ पुगेको छ । २४ घण्टामा ११५ जना मृतक थपिएका छन् । 

भारत संक्रमितको संख्याको आधारमा विश्वभरमा १४ औं स्थानमा रहेको छ भने मृतकको आधारमा १६ औं स्थानमा रहेको छ । 

तमिलनाड  बढीको मृत्यु भएको छ । विश्वभर २ लाख ८० हजार भन्दा बढीको मृत्यु हुँदा ८० हजार संख्या अमेरिकाको हो । 

त्यसैगरी अमेरिकामा संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेको छ । २ लाख ३८ हजार ७८ जनालाई मात्र उपचारपछि निको भएको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ४३ हजार ४०९ जना संक्रमित हुँदा मृतकको संख्या २६ हजार ७७१ पुगेको छ । 

न्यूजर्सीमा १ लाख ३८ हजार ५७९ जना संक्रमित हुँदा ९ हजार ११८ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ