arrow

प्रिमियर लिग फुटबल रोमाञ्चक मोडमा, सिटी पराजित

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
MANE.jpg.jpeg
काठमाडौं। प्रिमियर लिग फुटबल रोमाञ्चक मोडमा पुगेको छ। म्यानचेस्टर युनाईटेडले लेस्टरसँग बराबर खेलेर लेस्टरको उपाधिकालागि अझ केहि समय कुर्नु पर्ने बनाएको छ। 
 
त्यसैगरि चौथो स्थान भित्र पर्नकालागि बाँकी टोलीहरुमा पनि रमाईलो प्रतिस्पर्धा जारी रहेको छ। उापधि होडमा लेस्टर र टोटेनह्याम मात्र रहेका छन् भने बाँकी टोली चार स्थान भित्र पर्नकालागि रणनिती बुन्दै छन्। 
 
ताजा अंक तालिका अनुसार आर्सनल, म्यानचेष्टर सिटी, र म्यानचेष्टर युनाईटेड बाँकी रहेको दुई स्थानकालागि खेल  खेल्दै छन्। ३६ खेलमा ६७ अंकका साथ आर्सनल तेस्रो स्थानमा रहेको छ। 
 
त्यसैगरि म्यानचेस्टर सिटी ३६ खेलमा ६४ अंककासाथ चौथो स्थानमा रहेको छ। दुवै टोली भन्दा १ खेल कम खेलेको म्यानचेस्टर युनाइटेड३५ खेलमा ६० अंकका साथ पाँचौं स्थानमा रहेको छ। 
 
पहिलो तीन टोलीले सिधै च्याम्पियन्स लिग खेल्न पाउनेछन् भने चौथो टोलीले छनौट खेल खेल्न पाउँनेछ। 
 
सिटी बिरुद्ध साउथाम्पटनको जीत
चार स्थान भित्र पर्नकालागि खेलिरहेको म्यानचेस्टर सिटी साउथाम्पटनसँग ४-२ गोलले पराजित भएको छ। सिटीको पराजयसँगै आर्सनल र युनाईटेडलाई केहि राहात मिलेको छ। साउथाम्पटनका सादियो मानेले ह्याट्रिक गरे पछि सिटी पराजित भएको हो। 
 
खेलको २५औं मिनेटमा शेन लन्गले साउथाम्पटनकालागि गोलको खाता खोलेका थिए। २८औं मिनेटमा मानेले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई २-०को अग्रता दिलाएका थिए। सिटीका ईहेनाचोले ४४औं मिनेटमा गोल गरेका थिए।  
 
त्यसपछि ५७औं र ६८औ मिनेटमा मानेले थप २ गोल गर्दै ४-१ को स्थितीमा आफ्नो टोलीलाई पुर्‍याएका थिए। खेलको ७८औं मिनेटमा फेरि ईहेनाचोले गोल गर्दै खेल ४-२को स्थितीमा पुर्‍याए जुन खेलको अन्तिम नतिजा हुन पुगेको थियो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ