arrow

विश्वभर कोरोनाबाट ४१ लाख बढी संक्रमित, यस्तो छ शीर्ष २१ देशको अवस्था

logo
प्रकाशित २०७७ वैशाख २८ आइतबार
corona5.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ लाख नाघेको छ । मृतकको संख्या २ लाख ८० हजार नाघेको छ । १४ लाख ४० हजारको उपचारपछि निको भएको छ । 

२१२ देश तथा प्रशासित क्षेत्रहरुमा फैलिएको कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोना भाइरसबाट ८० हजार भन्दा बढीको मृत्यु भएको छ । विश्वभर २ लाख ८० हजार भन्दा बढीको मृत्यु हुँदा ८० हजार संख्या अमेरिकाको हो । 

त्यसैगरी अमेरिकामा संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेको छ । २ लाख ३८ हजार ७८ जनालाई मात्र उपचारपछि निको भएको छ । 

दोस्रो स्थानको स्पेनमा २ लाख ६२ हजार ७८३ जना संक्रमित हुँदा मृतकको संख्या २६ हजार ४७८ पुगेको छ । तेस्रो स्थानको इटालीमा २ लाख १८ हजार २६८ जना संक्रमित हुँदा ३० हजार ३९५जनाको ज्यान गएको छ 

चौथो स्थानको बेलायतमा संक्रमितको संख्या २ लाख १५ हजार २६० पुग्दा मृतकको संख्या ३१ हजार ५८७ पुगेको छ । पाँचौ स्थानको रुसमा १ लाख ९८ हजार ६७६ जना सं्रक्रमित हुँदा मृतक १ हजार ८२७ पुगेको छ । 

छैटौं स्थानको फ्रान्समा १ लाख ७६ हजार ६५८ जना संक्रमित हुँदा २६ हजार ३१० जनाको ज्यान गएको छ । सातौं स्थानको जर्मनीमा १ लाख ७१ हजार ३२४ जना संक्रमित हुँदा ७ हजार ५४९ जनाको ज्यान गएको छ । आठौं स्थानको ब्राजिलमा १ लाख ५६ हजार ६१ जना संक्रमित हुँदा १० हजार ६५६ जनाको ज्यान गएको छ । 

नवौं स्थानको टर्कीमा १ लाख ३७ हजार ११५ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ३ हजार ७३९ छ । दशौं स्थानको इरानमा १ लाख ६ हजार २२० जना संक्रमित हुँदा ६ हजार ५८९ जनाको ज्यान गएको छ । 

११ औंैं स्थानको चीनमा संक्रमित ८२ हजार ९०१ जना संक्रमित हुँदा ४ हजार ६३३ जनाको ज्यान गएको छ । 

१२ औं स्थानको क्यानडामा ६७ हजार ७०२ जना संक्रमित हुँदा ४ हजार ६ सय ९३ जनाको ज्यान गएको छ । १३ औं स्थानको पेरुमा ६५ हजार १५ जना संक्रमित हुँदा १ हजार ८१४ जनाको ज्यान गएको छ । 

१४ औं स्थानको भारतमा ६२ हजार ८ सय ८ जना संक्रमित भएका छन् । २४ घण्टाको अवधिमा २ हजार ८ सय ९४ जना संक्रमित थपिएका छन् । मृतकको संख्या २ हजार १०१ पुगेको छ । २४ घण्टामा ११५ जना मृतक थपिएका छन् । 

१५ औं स्थानको बेल्जियममा ५२ हजार ५९६ जना संक्रमित हुँदा मृतक ८ हजार ५८१ पुगेका छन् । १६ औं स्थानको नेदरल्यान्डमा ४२ हजार ३८२ जना संक्रमित हुँदा ५ हजार ४२२ जनाको ज्यान गएको छ । 

१७ औं स्थानको साउदी अरेबियामा ३७ हजार १३६ जना संक्रमित हुँदा २३९ जनाको ज्यान गएको छ । 

१८ औं स्थानको मेक्सिकोमा ३३ हजार ४६० जना संक्रमित हुँदा ३ हजार ३५३ जनाको ज्यान गएको छ । १९ औं स्थानको स्वीट्जरल्यान्डमा ३० हजार २५१ जना संक्रमित हुँदा १ हजार ८३० जनाको मृत्यु भएको छ 

२० औं स्थानको इक्वेडरमा २९ हजार ७१ जना संक्रमित हुँदा १ हजार ७१७ को ज्यान गएको छ । २१ औं स्थानको पाकिस्तानमा संक्रमितको संख्या २८ हजार ७३६ हुँदा ६३६ ले ज्यान गुमाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ