arrow

पाँच जना कोरोना संक्रमित रहेको कपिलबस्तुमा २९० को स्वाब संकलन, १३ सय नेपाली सीमामा अलपत्र 

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०७७ वैशाख २८ आइतबार
corona-virus-awareness.jpg

कपिलवस्तु । कपिलवस्तुबाट थप २ सय ९० जनाको स्बाव सकलन गरी काठमाडौं पठाईएको छ । ३ पालिकको क्वारेन्टाईनमा रहेको उनीहरुको स्बाब संकलन गरी पिसिआर टेस्टकालागि काठमाण्डौ स्थित राष्ट्रिय प्रयोशबालामा पठाईएको हो ।

भारतको मुम्बई, दिल्ली, हरियाणा लगायतका विभिन्न शहरबाट फर्की क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन गरी शनिवारै काठमाडौं पठाईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगलते बताए । 

बुद्धभुमी नगरपालिकाबाट १ सय २५, कपिलवस्तु नगरपालिकाबाट १ सय ३ र यशोधरा गाउपालिकाबाट ६२ जनाको स्बाव सकलन गरिएको हो । यस अघि जिल्लामा १ सय ६३ जनो स्बाव संकलन गरिएको थियो । 

त्यसमध्ये ५ जना संक्रमित भेटिएका छन् । प्रजिअ दीर्घ नारायण पौडेलको बिशेष पहलमा काठमाण्ठडौबाट पिसिआर टेस्टको स्बाब सकलनकालागि आवश्यक ६ सय थान भिटिएम शुक्रवार साझ जिल्लामा ल्याईएको थियो ।  

आईतवार पनि स्वाब संकलन गरिने बताइएको छ । जिल्लामा अहिले सम्म ११ सय १० जनाको रर्यापिड टेस्ट भएको छ । जमसा सबैको रिपार्ट नेगेटिभ आएको छ । रर्यापिड टेस्टको किकट समेत सकिएकाले टेस्टको काम रोकिएको भगतले बताए । 

३  हजार ६ सय किट माग माग गरिए पनि प्रदेशबाट ११ सय ८० थान मात्र पठाएको उनले बताए । १० पालिकाले तयार गरेको एक हजार ३६२ क्वारेन्टाईन  बेडमा हाल ८ सय ८१ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिए ।

 यस्तै सिमामा १३ सय बढी नागरिक अलपत्र छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ