arrow

सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री, सीमामा अलपत्र परेका ६ सय बढीलाई च्यूरा

logo
मणिप्रसाद गैह्रे,
प्रकाशित २०७७ वैशाख २८ आइतबार
96535074_537723630464013_63.jpg

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिकाले नगरक्षेत्रमा कोरोना भाईरस रोकथामको लागि अहोरात्र खटिएका सुरक्षाकर्मीलाई स्वास्थय सामाग्री हस्तान्तरण गरेको छ । 

कोरोना विरुद्धको अभियानमा अग्रपक्तिमा खटिएका सुरक्षाकर्मीलाई मास्क, सेनिटाईजर साबुन लागतयका सामाग्री हस्तान्तरण गरिएको हो । 

मेयर अब्दुल कालाम खा र प्रदेश सभाका सामाजिक विकास समितिका संयोजक दीर्घनारायण पाण्डेयले संयुक्तरुपमा सुरक्षाकर्मीलाई सो सामाग्री हस्तान्तरण गरेका थिए । 

एन–९५ मास्क २०४ थान, सर्जिकल मास्क १५ सय थान, सेनिटाईजर २०४ थान तथा साबुन उपलब्ध गराईएको थियो ।

सो अवसरमा मेयर कलामले कोरोना विरुद्धको अभियानमा अगंपत्तिमा खटिएका सुरक्षाकर्मीलाई सहजताका लागि सो सामग्री प्रदान गरिएको बताए ।

यस्तै संयोजक पाण्डेयले कोरोनाको अभियानमा असुरक्षिरुमा खटिएका सुरक्षाकर्मीलाई अब डियुटी गर्न सहज हुने बिश्वास ब्यक्त गरे । 

सो अवसरमा सशस्त्र प्रहरी निरीक्षक बिकास थापाले सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामाग्री दिएकोमा नगरपालिकालाई धन्यबाद दिँदै यसले अब काम गर्न सहज हुने उनले बताए । 

यस्तै सीमामा अलपत्र परेका ६ सय बढीलाई नगरपालिकाले खान, चिउरा लागतयका सामग्री समेत बाँडेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ