arrow

नेपालमा कति पुगे कोरोना संक्रमित ? कतिको परीक्षण ? 

logo
प्रकाशित २०७७ वैशाख २८ आइतबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उदयपुर भुल्केकी ४३ वर्षीया महिलामा सङ्क्रमण देखिएको जानकारी दिए । 

उनका अनुसार ती महिलाको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो । 

योसँगै नेपालमा ११० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले जानकारी दिए ।

अहिलेसम्म ३१ जनालाई उपचारपछि निको भए पनि तीन जनामा भने पुनः संक्रमण देखिएको छ । 

पीसीआर विधिबाट १३ हजार ३०९ तथा आरडीटी परीक्षणबाट ५५ हजार ९३० वटा परीक्षण भएको मन्त्रालयले बताएको छ । 

अहिले १४ हजार ५९२ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा भने १४३ जना रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ