arrow

सरकारलाई गगन थापाको प्रश्न – पश्चातापमात्रै गर्ने की प्रतिवाद गर्ने ?

उपप्रधानमन्त्रीको भ्रमणचाहि के तिर्थयात्रा थियो ?

logo
प्रकाशित २०७७ वैशाख २८ आइतबार
gagan-thapa2.JPG

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले सिमानाका बारेमा सरकारले पश्चाताप मात्रै गर्ने की प्रतिवाद गर्ने भनेर प्रश्न गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्दै उनले नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोप्रति निन्दा र भत्सर्ना गर्दै त्यसको प्रतिवाद गर्न आग्रह गरेका हुन् । 

उनले भारतको दादागिरी र त्यसमा चीनले दिएको न्यानोको प्रतिरोध गर्न सारा नेपालीलाई लिएर सिंगो नेपाली काँग्रेस सबैभन्दा अगाडि रहने पनि बताए ।

केही समयअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस क्षेत्रको भ्रमण गर्दा पनि केही थाहा नपाएजस्तो गरेकोप्रति उनले आक्रोश व्यक्त गरे । 

नेता थापाले उपप्रधानमन्त्रीको भ्रमणचाहि के तिर्थयात्रा थियो ? भनेर प्रश्न पनि गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ