arrow

नियन्त्रण गर्न सक्ने देश भनिएको कोरियामा फेरी देखापरे ३४ नयाँ कोरोना संक्रमित

logo
जीवन खत्री,
प्रकाशित २०७७ वैशाख २८ आइतबार
covid-test-positive-corona.jpg

सउल । कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना संक्रमण देखिएको छ ।

 पछिल्लो समय राजधानी सउलको इथेवन बजारबाट सामूहिक संक्रमण भएको देखिएको हो । आइतबार ३४ नयाँ संक्रमित देखापरेको दक्षिण कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ । यो सङ्ख्या अप्रिल ९ पछिको सबैभन्दा धेरै हो ।

अन्दाजी २९ वर्षीय एक कोरोना भाइरस संक्रमित इथेवन बजारको विभिन्न रात्रि क्लबहरूमा पुगेपछि त्यहीँबाट संक्रमण शुरु भएको हो । उक्त संक्रमित व्यक्ति मे १ र २ तारिखमा विभिन्न रात्रि क्लब र बजारमा पुगेपछि उसको सङ्सर्गमा पुगेका दुई हजार जना बढीमा पनि संक्रमण फैलिन सक्ने अनुमान गरिएको छ । त्यसैले यहाँ रहेका नेपाली संस्थाका प्रतिनिधिले पनि उक्त स्थान आसपासमा विशेष सतर्कता अपनाउन सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् ।

यसरी कोरोना भाइरसको सामूहिक संक्रमण देखापरेपछि दक्षिण कोरिया सरकारले सउल आसपासका सम्पूर्ण क्लब तथा बारहरू बन्द गर्ने निर्णय गरेको छ । साथै संक्रमित व्यक्ति पुगेको समयमा क्लबमा उपस्थित सबैलाई सम्पर्कमा ल्याइ स्वास्थ्य परीक्षणको तयारी गरिएको समेत बताएको छ । 

हालसम्म लकडाउन नगरेरै कोरोना संक्रमण नियन्त्रण गरेको देश दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको सङ्ख्या १० हजार ८०० को हारहारीमा छन् भने नौ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।
–––



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ