arrow

प्रम ओलीले मोदीसँग तत्काल संवाद गर्न सुझाव

logo
प्रकाशित २०७७ वैशाख २८ आइतबार
upper-house1.jpg

काठमाडौं । बैठकमा सांसद रामनारायण बिडारीले भारतले सन् २००८ देखि नै सीमा क्षेत्रमा बाटो बनाएको विषय सार्वजनिक भए पनि नेपाल सरकारलाई त्यसबारेमा जानकारी भए-नभएको सन्दर्भमा स्पष्ट पार्न आग्रह गरे । राष्ट्रियसभाको आइतबारको बैठकमा  सांसद रमेशजङ्ग रायमाझीले भारतले नेपालमाथि गरेको थिचोमिचोका बारेमा संयुक्त राष्ट्रसङ्घलाई जानकारी गराउनुपर्नेमा जोड दिए । 
 
सांसद अनिता देवकोटाले सीमा विवाद तथा भूमि अतिक्रमणका विषयको समाधान खोज्न प्रधानमन्त्री तत्काल आफ्ना भारतीय समकक्षीसँग संवाद गर्न सुझाव दिइन्। सांसद कोमल वलीले सीमा समस्याका बारेमा भारतसँग वार्ता हुन नसकेको अवस्थामा नेपालले यस विषयलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने बताइन् । 
 
सांसद चक्रप्रसाद स्नेहीले नेपालको आधिकारिक नक्सा सार्वजनिक गर्न र सीमा अतिक्रमणको विषयलाई अन्तर्राष्ट्रिय अदालत लैजान सुझाव दिए । सांसद विमला राई पौडेलले सारा संसार कोरोनाविरुद्ध लडिरहेको बेला भारतले नेपाली सीमा मिचेकाले अब सीमा क्षेत्रलाई नियमित गर्नेतर्फ ध्यान दिन आग्रह गरिन् ।
 
सांसद तारादेवी भट्टले लकडाउनका समयमा कञ्चनपुरमा समेत सीमा मिचिएको भन्दै प्यारातालसमेत भारतले अतिक्रमण गरेको बताइन् । उनले तत्काल नेपाल–भारत सीमा क्षेत्र नियमन गर्न सरकारको ध्यानकर्षण गराइन् । सांसद देवेन्द्र दाहालले सीमा समस्या हालको मात्रै समस्या नभएको र बारम्बर सीमामा तनाव देखिएको भन्दै राष्टिय सहमति जुटाउने सन्दर्भमा के तयारी भएको छ र सीमा सुरक्षाका लागि दीर्घकालीन योजना के छ भनी प्रश्न गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ