arrow

छाक टार्न समस्या भएका अति बिपन्न परिवारलाई ४४ दिनदेखी राहत

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख २८ आइतबार
manch.jpg

जनकपुरधाम । कोरोना भाइरसका कारण जारी लकडाउनबाट पीडित परिवारहरुलाइ असहाय संरक्षण मञ्च जनकपुरधामले मल्हम लगाउने काम गर्दै आईरहेको छ ।

बिश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा छाक टार्न समस्या भएका अति बिपन्न परिवारहरुलाई मन्चले राहत सामग्री वितरण गर्दै आइरहेको हो । 

४८ दिन देखि जारी लकडाउनका कारण  काम तथा मजदुरी गर्न नपाएर पैसाको समस्याले छटपटिरहेका परिवारहरुलाई बिगत ४४ दिनदेखी अहोरात्र खटिई राहत वितरण मार्फत सेवा दिदै आईरहेको मन्चका सन्योजक बैधनाथ साहले  जानकारी दिए।

लकडाउनको अवधिमा विभिन्न दाताहरुबाट  संकलन गरेर   चामल, दाल, आलु, नुन जस्ता खाद्यान्न सामग्रीहरु करीब दुई हजार घर परिवारलाई  राहत वितरण गरिसकिएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिईने  संयोजक साहले बताए ।

साथै यस अवधिमा कोरोना भाइसका रुपमा खटिएका प्रहरीलाई  समेत खाजा तथा पानीको ब्यवस्था समेत गरि सहयोग गर्दै आएका संयोजक साहले जानकारी दिए।
 
नेपाल सरकारले राहत वितरणका लागि विभिन्न प्रयास गर्दा समेत गरीब तथा बिपन्न वर्गको पहुँच भन्दा बाहिर रहेको परिवारलाई समेट्ने उद्येश्यले मन्च द्वारा गरिएको यो कार्य अत्यन्तै सराहनिय रहेका  स्थानीय हरु का तर्क रहेका छन ।

यस अघि पनि मन्चले अशहायहरुको  बिबाह, गरीबहरुको उपचार, मानसिक सन्तुलन गुमेकाहरुको उद्धार गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ