arrow

भारतले बनायो पहिलो स्वदेशी कोरोना एन्टीबोडी टेष्टिङ किट

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
corona-ppe1.jpg

काठमाडौं । भारतले पहिलो पटक स्वदेशी कोरोना भाइरस एन्टीबोडी टेष्टिङ किट तयार गरेको छ । केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्षवर्धनले पूणेको नेशनल इस्टिच्यूट अफ भायरोलोजीले पहिलो स्वदेशी कोरोना एन्टीबोडी टेस्टिङ किट तयार गर्न सफल भएको बताएका हुन् । 

यो किटले कोरोना संक्रमित पत्ता लगाउन मद्धत मिल्ने बताइएको छ । 

यसैबीच गुजरातको अहमदाबादमा भाइरसका ३३४ सुपर स्प्रेडर रहेको पत्ता लागेको छ । यो कोरोना भाइरसको क्यारियर हो । यसले गर्दा नै ठूलो संख्यामा कोरोना फैलने सम्भावना हुन्छ । 

त्यहाँ १५ मेसम्म सबै किराना तथा तरकारी पसल बन्द गरिएको छ । 

यसैबीच भारतमा अहिलेसम्म एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । आइतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना संक्रमित भएका हुन् ।

महाराष्ट्रमा एकैदिन १९४३ जना संक्रमित थपिएका छन् । यो कुनै पनि प्रदेशमा थपिएको सबैभन्दा उच्च हो ।

भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार १६१ पुगेको छ । त्यसमा तमिलनाडुमा ६६९ जना संक्रमित भएका छन् । त्यस्तै गुजरातमा ३९८, दिल्लीमा ३८१, मध्यप्रदेशमा १५७ तथा राजस्थानमा १०६ जना थपिएका छन् । 

मृतकको संख्या पनि २ हजार २१२ पगेको छ । एकैदिन १११ मृतक थपिएका छन् । १९ हजार ३५७ जनालाई उपचार पछि निको भएको छ । 

मन्त्री हर्षवर्धनले १० राज्य र केन्द्र शासित प्रदेशमा २४ घण्टामा कुनै संक्रमितको केस नआएको बताएका छन् । त्यस्तै एयर इन्डियाका ५ पाइलटमा कोरोना देखिएको छ । उनीहरु कार्गो फ्लाइट लिएर चीन गएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ