arrow

अमेरिकामा कोरोना प्रभावित र मृतक ह्वात्तै घटे, पेन्स क्वारेन्टाइनमा नबस्ने 

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
mike-pence-us-vice-presiden.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुने ह्वात्तै घटेका छन् । शनिबार संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेकामा आइतबार १३ लाख ६७ हजार ६३८ पुगेका हुन् । 

अर्थात् पछिल्ला दिनमा २५ देखि ३० हजारको हाराहारीमा संक्रमित भएकामा आइतबार २० हजारको हाराहारीमा मात्र संक्रमित भएका हुन् । 

त्यस्तै मृतक पनि केबल ७ सय ८४ जनामात्र थपिएका छन् । जबकि २ हजारको हाराहारीमा हरेक दिन अमेरिकामा मृत्यु हुँदै आएको थियो । 

८० हजार ७८७ जनाको मृत्यु भएको छ । विश्वभर २ लाख ८३ हजार ८५० को मृत्यु हुँदा ८० हजार ७८७ जना अमेरिकाकै हुन् ।  

त्यसैगरी अमेरिकामा  २ लाख ५६ हजार ३३६ जनालाई मात्र उपचारपछि निको भएको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ४५ हजार ४०६ जना संक्रमित हुँदा मृतकको संख्या २६ हजार ८१२ पुगेको छ । 

न्यूजर्सीमा १ लाख ४० हजार ८ जना संक्रमित हुँदा ९ हजार २६४ जनाको ज्यान गएको छ । 

पेन्स क्वारेन्टाइनमा नबस्ने

यसैबीच उपराष्ट्रपति माइक पेन्सले क्वारेन्टाइनमा बस्ने कुनै योजना नभएको बताएका छन् ।

उनका प्रेस सेक्रेटरीलाई कोरोना भाइरस भएपछि उनी क्वारेन्टाइनमा बस्ने अनुमान गरिए पनि उनी आफू स्व–क्वारेन्टाइनमा नबस्ने सीएनएनले जनाएको छ । 

पेन्सका प्रवक्ता डेभिन ओ’मालीले ह्वाइट हाउसको मेडिकल युनिटको सुझाव अपनाउने तर आफू स्वयं क्वारेन्टाइनमा नबस्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ