arrow

विश्वभर कोरोनाबाट ४१ लाख ८० हजार बढी संक्रमित, यस्तो छ शीर्ष २२ देशको अवस्था

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
corona5.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ लाख ८० हजार नाघेको छ । मृतकको संख्या २ लाख ८३ हजार ८५० नाघेको छ । १४ लाख ९० हजार भन्दा बढीको उपचारपछि निको भएको छ । 

२१२ देश तथा प्रशासित क्षेत्रहरुमा फैलिएको कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोना भाइरसबाट ८० हजार ७८७ जनाको मृत्यु भएको छ । विश्वभर २ लाख ८३ हजार ८५२ जनाको मृत्यु हुँदा ८० हजार ७८७ संख्या अमेरिकाको हो । 

त्यसैगरी अमेरिकामा संक्रमितको संख्या १३ लाख ६७ हजार ६३८ पुगेको छ । २ लाख ५६ हजार ३३६ जनालाई मात्र उपचारपछि निको भएको छ । 

दोस्रो स्थानको स्पेनमा २ लाख ६४ हजार ६६३ जना संक्रमित हुँदा मृतकको संख्या २६ हजार ६२१ पुगेको छ । बेलायत तेस्रो स्थानमा पुगेको छ । बेलायतमा संक्रमितको संख्या २ लाख १९ हजार १८३ पुगेको छ । मृतक ३१ हजार ८५५ रहेका छन् । 

चौथो स्थानमा झरेको इटालीमा २ लाख १९ हजार ७० जना संक्रमित हुँदा ३० हजार ५६० जनाको ज्यान गएको छ ।

पाँचौ स्थानको रुसमा २ लाख ९ हजार ६८८ जना संक्रमित हुँदा मृतक १ हजार ९१५ पुगेको छ । 

छैटौं स्थानको फ्रान्समा १ लाख ७६ हजार ९७० जना संक्रमित हुँदा २६ हजार ३८० जनाको ज्यान गएको छ । सातौं स्थानको जर्मनीमा १ लाख ७१ हजार ८७९ जना संक्रमित हुँदा ७ हजार ५६९ जनाको ज्यान गएको छ । आठौं स्थानको ब्राजिलमा १ लाख ६२ हजार ६६९ जना संक्रमित हुँदा ११ हजार १२३ जनाको ज्यान गएको छ । 

नवौं स्थानको टर्कीमा १ लाख ३८ हजार ६५७ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ३ हजार ७८६ छ । दशौं स्थानको इरानमा १ लाख ७ हजार ६०३ जना संक्रमित हुँदा ६ हजार ६४० जनाको ज्यान गएको छ । 

११ औं स्थानको चीनमा संक्रमित ८२ हजार ९१८ जना संक्रमित भएका छन् । जहाँ सोमबार मात्रै १७ जना संक्रमित थपिएका छन् । ४ हजार ६३३ जनाको ज्यान गएको छ । 

१२ औं स्थानको क्यानडामा ६८ हजार ८४८ जना संक्रमित हुँदा ४ हजार ८ सय ७० जनाको ज्यान गएको छ । १३ औं स्थानको पेरुमा ६७ हजार ३०७ जना संक्रमित हुँदा १ हजार ८८९ जनाको ज्यान गएको छ । 

१४ औं स्थानको भारतमा ६७ हजार १६१ जना संक्रमित भएका छन् । मृतकको संख्या २ हजार २१२ पुगेको छ । 

१५ औं स्थानको बेल्जियममा ५३ हजार ८१ जना संक्रमित हुँदा मृतक ८ हजार ६५६ पुगेका छन् । १६ औं स्थानको नेदरल्यान्डमा ४२ हजार ६२७ जना संक्रमित हुँदा ५ हजार ४४० जनाको ज्यान गएको छ । 

१७ औं स्थानको साउदी अरेबियामा ३९ हजार ४८ जना संक्रमित हुँदा २४६ जनाको ज्यान गएको छ । 

१८ औं स्थानको मेक्सिकोमा ३५ हजार २२ जना संक्रमित हुँदा ३ हजार ४६५ जनाको ज्यान गएको छ । पाकिस्तान १९ औं स्थानमा पुगेको छ । पाकिस्तानमा ३० हजार ३३४ जना संक्रमित हुँदा ६५९ जनाको ज्यान गएको हो । 

२० औं स्थानमा झरेको स्वीट्जरल्यान्डमा ३० हजार ३०५ जना संक्रमित हुँदा १ हजार ८३३ जनाको मृत्यु भएको छ ।

२१ औं स्थानको इक्वेडरमा २९ हजार ५५९ जना संक्रमित हुँदा २ हजार १२७ को ज्यान गएको छ ।

 २२ औं स्थानको चिलीमा संक्रमितको संख्या २८ हजार ८६६ हुँदा ३१२ ले ज्यान गुमाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ