arrow

दिवेश पोखरेल पुगे अमेरिकन आइडलको उत्कृष्ट सातमा

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
dibesh-pokharel.JPG

काठमाडौं । नेपाली गायक दिवेश पोखरेलले विश्वको उच्च सांगीतिक प्लेटफर्म अमेरिकन आइडलमा तहल्का मच्याएका छन् । 

अहिलेसम्म कुनै पनि नेपाली नपुगेको स्थानमा दिवेशले आफूलाई उभ्याएका छन् । उनी अमेरिकन आइडलको शीर्ष सातमा पुग्न सफल भएका छन् । 

दिवेश शुरुआतदेखि नै आकर्षक प्रस्तुति दिँदै चर्चामा छन् । उनले आइतबार पनि निकै सशक्त प्रस्तुति दिए । उनले डिज्नेको ‘लिटल मर्मेड’ को  ‘किस द गर्ल’ गीत गाए । यसमा निर्णायकहरुले निकै रुची राखे । 

उनलाई भोट हाल्न नेपालमा पनि प्रचारप्रसार भइरहेको छ । उनको भोटिङ्ग कोड १६ हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ