arrow

‘ब्याक अफ इन्डिया’ भन्दै अमेरिकी सडकमा घन्कियो आवाज, एनआरएनए राष्ट्रसंघ जाने

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
back-off-india.jpg

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक मिचेर १९ किलोमिटर सडक बनाएर उद्घाटनसमेत गरेको प्रति अहिले विश्वभरका नेपालीहरु आक्रोशित भएका छन् । 

उक्त क्रममा अमेरिकी सडकमा समेत पनि नेपाली झण्डासहित नेपालीहरुले ‘ब्याक अफ इन्डिया’ भन्दै नाराबाजी गरेका छन् । 

अमेरिकी राष्ट्रपति भवन अगाडि अमेरिकामा रहने नेपालीहरुले लिपुलेक नेपालको हो भन्दै ब्याक अफ इन्डिया भन्दै नाराबाजीसहित र्याली निकालेका हुन् । 

उक्त क्रममा राष्ट्रपति भवन अगाडि सवारी आवागनमा समेत असर पुगेको थियो 

एनआरएनए राष्ट्रसंघसम्म पुग्ने 
यसैबीच लिपुलेकमा भारतले सीमा मिचेर मोटरबाटो बनाएको भन्दै गैरआवासीय नेपाली संघ एनआरएनएले विश्वभरबाटै विरोधात्मक कार्यक्रम चलाउने भएको छ । 

एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठले एनआरएनले आफ्ना राष्ट्रिय समन्वय समिति मार्फत हरेक देशमा रहेका भारतीय दूतावासमा ज्ञापन पत्र बुझाउने बताए । 

त्यसैगरी नेपालको भूमि मिचिएको विरोधमा एनआरएनएले संयुक्त राष्ट्र संघ, सार्क सचिवालय र अन्य अन्तर्राष्ट्रिय निकायमा पनि विराध जनाउने भएको छ ।

भारतले गत शुक्रबार लिपुलेकमा मोटरबाटो बनाएर उद्घाटनसमेत गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ