arrow

नेपालमा कोरोना संक्रमित १२० पुगे, कपिलवस्तुमा १० जना थपिए 

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
corona-test.JPG

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२० पुगेको छ । सोमबार बिहान १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो संख्या १२० पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरमणि अधिकारीले जानकारी दिए ।

मन्त्रालयले बिहान ८ः३० बजे जारी गरेको प्रेस विज्ञप्तिमा थपिएका संक्रमितहरु कपिलवस्तु यशोधरा गाउँपालिका(५ र बुद्धभूमि गाउँपालिका(७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष छन् ।

हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले १६ हजार ७८८ जनामा पीसीआर परीक्षण गरिएको बताएको छ । त्यस्तै आरडीटी परीक्षण ५६ हजार ६५७ वटा गरिएको छ । 

१६४ जना आइसोलेसनमा रहेका छन् । १३ हजार ६२५ जना क्वारेन्टाइनमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ