arrow

ढुङ्गाले हानेर बुबाको हत्या गरेको अभियोगमा छोरो पक्राउ

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
Handcuffs.jpg.png

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

शनिबार राति १० बजे बेनी नगरपालिका–१ रत्नेचौरका २९ वर्षीय कुमार थापामगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुर थापामगरलाई टाउकोमा ढुङ्गा प्रहार गरेर सख्त घाइते बनाएका थिए । 

बुबा मीनबहादुरको उपचारका क्रममा पोखरामा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले जानकारी दिए ।

अभियुक्त कुमारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले बताए । अभियुक्त कुमारले प्रहार गरेको ढुङ्गाले अचेत भएका मीनबहादुरलाई बेनी अस्पतालमा उपचार सम्भव नभएपछि पोखराको मणिपाल अस्पतालमा सिफारिस गरिएको थियो । 

प्रनाउ कुँवरका अनुसार छोराले ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शी कुमारकी आमाको बयान र छोरा कुँवरले पनि स्वीकार गरेका छन् ।

“अभियुक्तलाई नियन्त्रणमा लिइएको छ, थप अनुसन्धान भइरहेको छ”, प्रनाउ कुँवरले भने । अभियुक्त कुमारले पटकपटक बुबालाई आफ्नो इच्छाअनुसार काम नगरेको भन्दै आक्रमण गर्ने गरेको बताइएको छ । घटनाका बारेमा जानकारी पाएलगत्तै वडाध्यक्ष टेकबहादुर रावललगायतको उपस्थितिमा प्रहरीले मुचुल्का बनाई फर्किएको छ । घटनास्थलमै अभियुक्त कुमारले आफूले ढुङ्गा प्रहार गरेको स्वीकारसमेत गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ