arrow

चीनको वुहानमा फेरि कोरोना संक्रमण

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
corona-china1.jpg

काठमाडौं । कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानमा फेरि कोरोनाको संक्रमण देखिएको छ । संक्रमण नियन्त्रणमा आइसकेको भन्दै पुरानै अवस्थामा फर्केको चीनमा निरन्तर कोरोनाका संक्रमित थपिएका छन् । 

लगातार दोस्रो दिन कोरोना संक्रमित डबल डिजिटमा पुगेका छन् । 

सोमबार १७ जनामा कोरोना भाइरस भएको छ । त्यसमध्ये ५ जना वुहानका हुन् । त्यस्तै जिलिन प्रदेशको उत्तर–पूर्वी शुलान सहरमा पनि कोरोना देखिएको छ । 

शुलानमा नयाँ संक्रमित देखिएका छन् । उक्त शहरमा ११ जना संक्रमित देखिएका छन् । ती सबै एकै परिवारका हुन् । 

विश्वभर कोरोना भाइरसबाट ४१ लाख ८१ हजार भन्दा बढी संक्रमित हुँदा २ लाख ८४ हजारको ज्यान गइसकेको छ । 

चीनमा भने ८२ हजार ९१८ जना संक्रमित हुँदा ४ हजार ६३३ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ