arrow

युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा युवक पक्राउ

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
suicide1.jpg

कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिका–९ शङ्करपुरकी १९ वर्षीया युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । 

शङ्करपुरकी युवती लक्ष्मी देउवाको फेसबुक आइडीबाट उनका आफन्त तथा साथीहरुलाई अश्लील भिडियो तथा फोटोहरु पठाई चरित्र हत्या गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालीका–७ का २३ वर्षीय सन्तराम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

शनिबार युवती देउवाले धनगढी उपमहानगरपालीका–६ जालीस्थित सुकुटी नालामा घाँटीमा पासो लगाई आत्महत्या गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले घटनामा संलग्न चौधरीलाई उक्त अश्लील भिडियो, फोटो र फेसबुक आइडी लगइन अवस्थामा मोबाइलमा फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ