arrow

६७ हजार नाघ्यो भारतमा कोरोना संक्रमितको संख्या, कुन राज्यमा कति ?

logo
एएनआई,
प्रकाशित २०७७ वैशाख २९ सोमबार
corona-india2.jpg

नयाँ दिल्ली।  भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या सोमबारसम्म ६७ हजार १५२ जना पुगेको छ ।  गत २४ घण्टामा भारतमा थप ४ हजार २२३ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

 भारतमा यस प्रकोपबाट. मृत्यु हुनेहरुको सख्या २ हजार २०६ जना पुगेको छ । यस संक्रमणबाट निको भएका विरामीको संख्या २० हजार ९१६ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा सोमबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४४ हजार ८२९ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् । 

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २२ हजार १७१ नागरिक  कोरोना भाइरस संक्रमित रहेका छन् । यस संक्रमणबाट महराष्ट्रमा ८३२ को मृत्यु भएको छ महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ८ हजार १९४ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्, भने ४९३ जनाको मृत्यु भएको छ ।  दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ६ हजार ९२३ जना विरामी छन् । त्यसैगरी तमिलनाडू ७ हजार २०४ संक्रमति रहेका छन् ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि  तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो  । 

 भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ