arrow

कोरोना कहरमा जनप्रतिनिधी ठगीमा लागेको आरोप 

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
chamal-pyuthan.gif

प्यूठान। कोरोना भाईरसका कारण विश्वनै चिन्तित भईरहेको बेला प्यूठान नगरपालिका वडा नं. ६ माझकोटमा जनप्रतिनिधिबाटै ठगिधन्दा चलेको आरोप लागेको छ।

कोरोना भाईरसका कारण स्थानिय बासिन्दा लकडाउनमा घरमै बसिरहनु पर्ने बाध्य भएपछि पैसा उठाएर वडालाई चामल खरिद गरि ल्याईदिन चैत मसान्तमै अनुरोध गरेका थिए ।

वडा कार्यालयले वडा सदस्य ईश्वर बहादुर पुनलाई प्यूठान वाग्दुला बजारमा गई चामल खरिद गरि बितरण गर्न जिम्मा दियो । तर जनताद्वारानै निर्वाचित भएका वडा सदस्यलेनै उनै जनतालाई ठग्छन् भन्ने वडाबासीलाई के थाहा ?

प्यूठान नगरपालिकाको ढुवानी खर्चमा उपभोक्ताको पैसा बोकेर चामल खरिद गरि ल्याईदिने जिम्मेवारी लिएका सदस्यले आफ्नै पसलमा रहेको गुणस्तरहिन चामल बितरण गरेको उपभोक्ताले आरोप लगाएका छन् । बितरण गरिएको चामल कुहिएको र गन्हाउने भएको स्थानियले बताएका छन्। 

वडा सदस्यले प्यूठान वाग्दुलास्थित कक्षपति ट्रेडर्सबाट खरिद गरेको बताए पनि खरिद गरेको कुनैपनि प्रमाण छैन । कक्षपति ट्रेडर्सका प्रोपाईटर एवम् प्यूठान उधोग बाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले पनि लक्ष्मी ब्राण्डको सर्जु चामल आफूले बिक्री नगर्ने र नगरेको बताए ।

सदस्य पुनले आफूले पसल गर्न थालेको बर्षौं भएको र सबै सामान कक्षपती ट्रेडर्सबाटै खरिद गर्दै आएको बताउँदै चामल गुणस्तरहिन भएको खबर आफूले समयमै नपाएको बताए ।

वडा सदस्य पुनको नेतृत्वमा बितरित चामल गुणस्तरहिन भेटिएपछि उपभोक्ताहरुले छानबिनका लागि वडा कार्यालयमा सामुहिक निवेदन पेस गर्दा खरिदकर्ता, ब्यापारी र उपभोक्ता बिच छलफल गरी समस्या सुल्झाउने निर्णय गरेको छ ।

छलफलका लागि वाग्दुलास्थित कक्षपति ट्रेडर्समा जाँदा आफ्नो पसलबाट खरीद नभएको भन्ने प्रतिक्रिया पाउँदा उपभोक्ता झन दुखी भएको स्थानिय उपभोक्ता मधुसुदन पोख्रेलले बताए ।

थप छानबिन गरि दोषी उपर कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने उपभोक्ताले बताएका छन् । उपभोक्ताले लकडाउनको समयमा गुणस्तरहिन चामल बिक्री बितरण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ