arrow

हुम्लाका ४ गाउँपालिकामा कर्णाली प्रदेशले औषधि सहित चिकित्सकको टोली पठायो

१२ सय ५७ नागरीकको चेकजाँचका लागि १ सय ६० आरडिटि किट

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ वैशाख २९ सोमबार
humla-heli.jpg

हुम्ला। विश्वलाई संक्रमीत पारेको कोरोना भाईरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले हुम्लाका ताँजाकोट, सर्केगाड, अदानचुलि र चंखेलि गरी ४ गाउँपालिकामा औषधिसहित चिकित्सकको टोली पठाएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हिमाली जिल्ला हुम्लामा एयर लिफ्टिङ गरेर औषधिसहित चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पुर्याएको हो ।

आईतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल हुम्लाका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगाड गाउपालिकाका लागि १ जना चिकित्सक र १ जना स्वास्थ्यकर्मी गरी प्रति पालिका २,२ जना स्वास्थ्यकर्मी र (कोभिड–१९) को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने औषधि लिएर हुम्ला पुगेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक रिता भण्डारी (जोशी) टेलीफोन मार्फत बताएकी छिन् । हुम्ला र डोल्पा  बाहेक अन्य जिललामा स्थलमार्गबाट औषधिसहित चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाईएको निर्देशक भण्डारी (जोशी) ले बताईन ।

आईतबार कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल स्वास्थ्य सामग्री सहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीलाई लिएर माउण्टेन एयरको हेलीकप्टरमार्फत हुम्ला पुगेका हुन् ।

हुम्ला जिल्लाका दक्षिणीभेगमा पर्ने ताँजाकोट, सर्केगाड, अदानचुलि र चंखेलि गाउँपालिकामा कोरोना कहरबाट प्रभावित नहोस् भन्ने उदेश्यका साथ चिकित्सक तथा स्वास्थ्यकर्मीसहित मन्त्रीको टोलि हुम्ला पुगेको हो ।

अदानचुली गाउँपालिकामा जिल्ला बाहिरबाट आएका नागरिक क्वारेन्टिनमा बसेकाले तिस तिस र सर्केगाड र ताँजाकोटमा जिल्लाबाहिरबाट आएका नागरिकोहीपनि क्वारेन्टिनमा नबसेकाले दश दश वटा गरि ४ वटा गाउँपालिकाकालागि ८० वडा र्यापिड टेस्ट किट र (कोभिड–१९) को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने औषधिसहितका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी पठाएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक भण्डारी (जोशी) बताईन । गाउँपालिकामा पुगेका चिकित्सकहरुल  क्वारेन्टिनमा रहेका व्यक्तिहरुको रेण्डम्ली र्यापिड टेस्ट गर्ने र स्वाव संकलन गरी सुर्खेत पठाउने काम गर्ने छन ।

जिल्लामा भित्रिएका १२ सय ५७ नागरीकको चेकजाँचका लागि १ सय ६० आरडिटि किट

कोभिड–१९ को संक्रमण भए नभएको परिक्षण गर्न कर्णाली प्रदेश सरकारले पठाईएको र्यापिड डाँग्नोस्टिक टेस्ट किट नहुदाछ हुम्लामा कोभिड–१९ टेस्ट गर्न समस्या भईरहेका बेला हुम्लाका लागि १ सय ६० थान र्‍यापिड डाईग्नोस्टिक टेस्ट किट पुगेको छ ।

बन्दाबन्दिका कारण ठूलो संख्यामा जिल्ला बाहीर रहेका नागरिक स्थलमार्ग र हवाई मार्गबाट उद्धार गरि जिल्लामा भित्रिएका १२ सय ५७ नागरीकहरुको र्‍यापिड टेस्ट गर्न कर्णाली प्रदेश सरकारले १ सय ६० र्‍यापिड टेस्ट किट हुम्ला पठाएको हो । जिल्लामा कोरोना परिक्षण गर्ने र्‍यापिड टेस्ट किट अभाव  भएको समाचार बाहिर आए पछि सदरमुकाम सिमकोट आसपासका नाम्खा, सिमकोट र खार्पुनाथका लागि शुक्रबार ८० थान किट जहाजबाट सिमकोट पठाईएको थियो।

ताँजाकोट, सर्केगाड, अदानचुलि र चंखेलि गाउँपालिकाका लागि ८० थान  किट आईतवार हेलिकप्टरमा सम्बन्धित गाउँपालिका पुर्याईएको थियो  । कर्णाली प्रदेश सरकारले १ सय ६० किट  पठाएकाले  जिल्लामा क्वारेन्टिन बसेका नागरिकहरुको मन शान्ति गर्नका लागि र्‍यापिड टेस्ट गरी १४ दिन पछि घर पठाउन सकिने ब्यबस्था भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

मुलुकका बिभिन्न स्थान र भारत सहित तेस्रो मुलुकबाट वैशाख १८ गते यता हुम्लामा पैदल मार्गबाट ७ सय ७४ जना र हवाई मार्गबाट ४ सय ८३ जना नागरिक भित्रिएका छन् । उनीहरु सबैलाई १४ दिनसम्म क्वारेन्टिनमा राखिने र त्यसपछि भाइरस संक्रमणको परीक्षण गर्नु पर्ने भएपनि किटको अभाव भएपछि यनिलाई कसरि घर पठाउने बिषयमा स्वास्थ्यकर्मी नै अन्यौलमा परेकाले प्रदेश सकारले अलिकति भएपनि र्‍यापिड टेस्ट किट पठाएकाले अब क्वारेन्टिनमा बसेकाहरुको बिभिन्न शहरबाट आएकाहरुको समुह बनाई प्रत्येक समुहबाट एक एक जनालाई भए पनि चेकजाँच गरेर कोरोना भाइरसको संक्रमण भएको छ कि भनि स्थानिय नागरिकमा फैलिएको सन्त्रासलाई चिर्दै क्वारेन्टिनमा बसेकाहरु ढुक्कसाथ घर जाने वातावरणसम्म भएको प्रमुख सिहले बताए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ