arrow

रामराम भन्ने सुगा यसरी फस्यो पिञ्जडामा

साँचो गुरु नमिलेसम्म बन्धन छुट्दैन

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
parr0.jpg

काठमाडौं । एकजना पण्डितले रानीको महलमा सँधै कथा सुनाउथे। कथाको अन्त्यमा सबैलाई भन्थे, राम राम जप्यौ भने बन्धन छूटछ ।' त्यहि समय पिञ्जडामा थुनेको सुगाले भन्छ, 'किन झूटो बोल्छौ पण्डितज्यू ।'

पण्डितलाई रिस उठ्छन्, अरु मान्छेले के भन्लान, रानीले के सोच्लिन! पण्डित आफ्नो गुरु भएको ठाँउमा पुगे । गुरुलाई सबै कुरा बताए । गुरु सुगा भएको ठाउमा गए अनि सुगालाई भने, 'तैंले यसो किन भन्छस्?' 

सुगाले भन्छ, 'म पहिले खुल्ला आकाशमा उडिरहन्थें। एकपटक म एउटा आश्रममा गएँ जहाँ सबै साधु-सन्तहरू राम-राम जपिरहेका थिए, वहाँ बसेकोले मैले पनि बिस्तार-बिस्तारै राम-राम बोल्न सिकें । एक दिन म त्यहि आश्रममा राम-राम भनिरहेको थिएँ, त्यहि समय एउटा मनुष्यले मलाई पक्रेर पिञ्जडामा थुने, अनि फेरि मलाई एक-दुईवटा अरू श्लोकहरू बोल्न सिकाए।'

'केहि दिनपछि एउटा सेठले केहि पैसा दिएर मलाई त्यो मनुष्यकोबाट किने। अब सेठले मलाई चाँदीको पिञ्जडामा राख्न थाले, मेरो बन्धन बढ्दै गयो । पिञ्जडाबाट निस्कने कुनै सम्भावना रहेन। फेरि एक दिन सेठले आफ्नो काम निकाल्न मलाई राजालाई भेट चढाए । राजाले खुशी भएर मलाई लिए, किनभने म राम, राम बोल्थें ।  रानी धार्मिक प्रवृत्तिकी थिई, यसकारण सेठले मलाई रानीलाई दिए।' 

'अब म कसरी भनु कि राम, राम बोल्नाले बन्धन छूट्छ!' सुगाले गुरुलाई सोध्छ, 'अब तपाईंले नै कुनै उपाय मलाई बताउनुहोस ताकि म बन्धनबाट छूटन सकूँ।'

गुरुले भन्छन्, 'तिमी चुपचाप सुतिबस, अलिकति पनि नहल्लिनु । रानीले सम्झने छिन् मर्‍यो भनेर अनि तिमीलाई छोडिदिने छिन्। '

उस्तै भयो। अर्को दिन कथा समाप्त भएपछि सुगा बोलेन, तब पण्डितले आरामले ठूलो स्वाँस लिए ।

रानीले सोचिन सुगा गुमसुम सुतिरहेको छ, शायद मर्‍यो होला । जसै रानीले पिञ्जडा खोलिन सुगा पिञ्जडाबाट बाहिर निस्केर फूर उड़ेर गयो । सुगाले उडदै गएर भन्यो, 'सदगुरु मिल्यो भने मात्र बन्धन छुट्छ । जति नै शास्त्रहरू पढ, जति नै तन्त्र-मन्त्रहरूको जाप गर, तर साँचो सद्गुरु बिना बन्धन छूट्न सक्तैन ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ