arrow

हुम्लामा मोदी र ओलीको पुत्ला दहन

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ वैशाख २९ सोमबार
modi-oli-putla-effigi.gif

हुम्ला। भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबर जोड्ने ट्र्याक खोलेर उद्घाटन गरेको विरोधमा सोमबार दिउसो विप्लव नेतृत्वको नेकपाले हुम्लामा विरोध गरेको छ ।

लिपुलेकबाट ट्र्याक खोलेर उद्घाटन गरेको विरोधमा हुम्लाको दक्षिणी भेगमा गरिएको प्रदर्शनका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाइएको छ । 

भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बत जोड्ने सडकमार्ग निर्माण गरी नेपालको सीमा मिचेको भन्दै विरोधमा विभिन्न नारा लगाएका थिए। 

तत्काल अतिक्रमित भूमी फिर्ता नगरे लिपुलेकमै गएर आफ्नो शक्ति प्रदर्शन सहित कडा आन्दोलन गर्ने नेकपा बिप्लव हुम्लाका सेक्रेटरी कुम्भ बुढा (निर्माण)ले चेतावनी दिए।

विश्वभरि माहामारीका रुपमा फैलिएको कोरोना भाईसरको त्रासमा देश बन्दाबन्दीमा भएका बेला भारतले नेपालको सीमा मिचेर सडक निर्माण गर्दा पनि प्रधानमन्त्रीका रुपमा रहेका केपी ओलीले लाचारी मात्र देखाएको भन्दै बिरोध स्वरुप दुबै देशका प्रधानमन्त्रीको पुत्ला समेत जलाएको सेक्रेटरी बुढाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ