arrow

डडेल्धुराका प्रदेश सांसद मल्ल असहायहरुलाई भोजन गराउनेदेखि स्वास्थ्य सामग्री वितरणमा सक्रिय 

शक्तिपीठमा महामारीसँग लडन प्रार्थना पनि गर्दै

logo
टेकराज अवस्थी,
प्रकाशित २०७७ वैशाख २९ सोमबार
karna-malla.gif

डडेल्धुरा। लकडाउनका बीच अतिआवश्यक कामका लागि डडेल्धुरा सदरमुकाम आउने र खाना खान समस्या हुनेहरुका लागि नेपाली कांग्रेस डडेल्धुराले निःशुल्क खानाको व्यवस्था गरेको छ ।

अलपत्र तथा कामको सिलसिलामा जिल्ला सदरमुकाम आएका नागरिकलाई किसुनजी भवन कांग्रेस पार्टी कार्यालयमा ‘एनडी प्रकाश चटौत आपतकालीन भोजन चुल्हो’ ले खानाको व्यवस्था गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले जानकारी दिए।

‘कोरोनाको महामारीबाट बच्न सरकारले गरेको लकडाउनका कारण सदरमुकामका होटलहरू बन्द भएको र आफन्तसम्म जान पनि संभब नभएको पिडा बोध गरि भोकभोकै घर फिर्ता हुन बाध्य तथा दैनिक ज्याला मजदुरी गर्ने वर्गका आम नागरिकलाई दुई समय भोजनको व्यवस्था गरिएको मल्लले जानकारी दिए। 

आपतकालिन भोजन चुल्हो संचालन गर्न जिल्लाका बिभिन्न समाजसेवी, व्यवसायीहरुले राहत सामग्री उपलब्ध गराएका छन । खाद्यान्न लगायत राहत तथा कोरोना संक्रमण सुरक्षा मेडिकल सामग्री बितरण गरिएको अभियानलाई समेत जारी राखेको मल्लले बताए। 

यसैबिच साँसद मल्लले नवदुर्गा गाउँपालिका वडा नं. १ का खुट्टा काटिएर अपांगता भएका कोटेली सुनकोटका ६१ वर्षिय बहादुर भुललाई लकडाउनको बेलामा राहत स्वरुप खाद्यान्न किन्न र घर खर्चका लागि नगद सहयोग गरेका छन् । 

मापदण्ड कार्यबिधि विना राहत बितरण सम्बन्धि अनियमितता भएका खबरहरु आईरहेका बेला राहत प्रणाली र श्रोतसाधनको सुलभ बाँडफाँड र पारदर्शित अपनाउन पनि साँसद मल्लले स्थानीय सरकारहरुलाई सुझाएका छन । 

उनले डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहमा पुगेर आफ्नो तर्फबाट स्थानीय तह, सुरक्षा निकाय लगायत स्वास्थ्यकर्मीलाई थर्मागन, सेनिटाईजर, मास्क र पञ्जा लगायतका कोरोना सुरक्षाका मेडिकल सामग्री पनि स्थानीय तहलाई हस्तान्तरण गरेका छन ।

साथै मल्लले स्थानीय देवीदेवताको मन्दिरमा पुगेर पूजाअर्चना गर्नुका साथै महामारीसँग लडने क्षमता प्रदान गर्न स्थानीय शक्तिपीठसँग प्रार्थना गरेका छन्। 

यस्तै सभाषद् मल्लले स्थानीय तहको अवस्था, स्थानीय सरकारका विकास निर्माण गतिबिधि,बजेटको स्थिति र कार्यान्वयनको बर्तमान अवस्थाबारे गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र लगायत जनप्रतिनिधिहरुसँग छलफल पनि शुरु गरेका छन्। 

छलफलका क्रममा स्थानीय जनताले जनप्रतिनिधिसँग अनुरोध र गुनासो गरेका विषयमा  गाउँपालिकाका अध्यक्ष तथा वडाध्यक्षहरुसँग कुरा गर्दा सकारात्मक रहे पनि राहत तथा गाउँपालिकाले सम्पादन गर्ने विकास निर्माण कार्यमा पारदर्शीता अपनाउन आफूले सुझाव दिएको पनि सभासद मल्लले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ