arrow

अमेरिकामा कोरोना प्रभावितको संख्या घट्दो, मृतक केही बढे 

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
corona-usa-trump.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्दो क्रममा रहेको छ । लगातार दोस्रो दिन संक्रमितको संख्या घट्दै गएको छ ।

शनिबार संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेकामा आइतबार १३ लाख ६७ हजार ६३८ पुगे । त्यस्तै सोमबार १३ लाख ८५ हजार ७४५ पुग्यो ।  

अर्थात् पछिल्ला दिनमा २५ देखि ३० हजारको हाराहारीमा संक्रमित भएकामा आइतबार २० हजारको हाराहारीमा मात्र संक्रमित भए । सोमबार त्यो संख्या घटेर १८ हजार १०७ मा झर्यो । 

त्यस्तै मृतक भने फेरि बढेका छन् । आइतबार ७ सय ८४ जना मात्र थपिएकामा सोमबार भने ९९९ जना थपिए । जबकि २ हजारको हाराहारीमा हरेक दिन अमेरिकामा मृत्यु हुँदै आएको थियो । 

८१ हजार ७८६ जनाको मृत्यु भएको छ । विश्वभर २ लाख ८७ हजार १३ को मृत्यु हुँदा ८१ हजार ७८६ जना अमेरिकाकै हुन् ।  

त्यसैगरी अमेरिकामा  २ लाख ६० हजार ७३४ जनालाई मात्र उपचारपछि निको भएको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ४७ हजार १५१ जना संक्रमित हुँदा मृतकको संख्या २७ हजार ३ पुगेको छ । 

न्यूजर्सीमा १ लाख ४१ हजार १३७ जना संक्रमित हुँदा ९ हजार ३४१ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ