arrow

भारतमा कोरोनाको संक्रमण बढ्दो, विश्वमै १२ औं स्थानमा पुग्यो 

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
corona-india2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गएका छन् । आइतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना संक्रमित हुँदा सोमबार भने यो संख्यामा केही कमी आएको छ । 

सोमबार ३ हजार ५९१ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ । २२ हजार ५४९ जनालाई निको भएको छ भने मृतक २ हजार २९४ पुगेको छ । 

सोमबार ८१ जनाको ज्यान गएको छ । आइतबार एकैदिन एकैदिन १११ मृतक थपिएका थिए । 

कहाँ कति संक्रमित ? 
महाराष्ट्रमा एकैदिन १२३०  जना संक्रमित थपिएका छन् । महाराष्ट्रमा २३ हजार ४०१ संक्रमित थपिएका छन् । 

त्यस्तै तमिलनाडुमा ७९८ जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित ८ हजार २ पुगेका छन् ।  गुजरातमा ३४७ जना थपिएर ८ हजार ५४२ संक्रमित पुगेका छन् । 

दिल्लीमा ३१० जना थपिएर संक्रमित ७ हजार २३३ जना पुगेका छन् । मध्यप्रदेशमा १७१ जना थपिएर ३ हजार ७८५ पुगेको छ । 

राजस्थानमा १७४ जना थपिएर ३ हजार ९८८ पुगेका छन् ।  

भारतमा पछिल्लो समय तीव्र रुपमा संक्रमितहरु बढ्दै जाँदा विश्वभरमै १२ औं स्थानमा आइपुगेको छ । 

सुरुआती दुई महिनामा खासै कोरोनाको प्रभाव नपरेको भारतमा अप्रिलदेखि भने तीव्र रुपमा संक्रमित र मृतक थपिएका छन् । 

यसैबीच १७ मेसम्म लकडाउन रहेकामा अझै बढ्ने पनि बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ