arrow

विश्वभर कोरोनाः दिनमा रुसले जित्ने रातमा बेलायतले, यस्तो छ २४ देशको अवस्था

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
corona5.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४२ लाख ५४ हजार पुगेको छ । मृतकको संख्या २ लाख ८७ हजार २५० पुगेको छ । १५ लाख २७ हजार भन्दा बढीको उपचारपछि निको भएको छ । 

२१२ देश तथा प्रशासित क्षेत्रहरुमा फैलिएको कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा लगातार दोस्रो दिन संक्रमितको संख्या घट्दै गएको छ । शनिबार संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेकामा आइतबार १३ लाख ६७ हजार ६३८ पुगे । त्यस्तै सोमबार १३ लाख ८५ हजार ७४५ पुग्यो ।  

अर्थात् पछिल्ला दिनमा २५ देखि ३० हजारको हाराहारीमा संक्रमित भएकामा आइतबार २० हजारको हाराहारीमा मात्र संक्रमित भए । सोमबार त्यो संख्या घटेर १८ हजार १०७ मा झर्यो । 

त्यस्तै मृतक भने फेरि बढेका छन् । आइतबार ७ सय ८४ जना मात्र थपिएकामा सोमबार भने ९९९ जना थपिए । 

दोस्रो स्थानको स्पेनमा २ लाख ६८ हजार १४३ जना संक्रमित हुँदा मृतकको संख्या २६ हजार ७४४ पुगेको छ । 

अहिले बेलायत तेस्रो स्थानमा छ । बेलायत र रुसबीच तेस्रो र चौथो स्थानबीच रस्साकस्सी छ । दिनमा रुस र रातमा बेलायत शीर्ष स्थानमा रहँदै आएको छ । अहिले बेलायत तेस्रो स्थानमा छ । बेलायतमा संक्रमितको संख्या २ लाख २३ हजार ६० पुगेको छ । मृतक ३२ हजार ६५ रहेका छन् । 

चौथो स्थानको रुसमा २ लाख २१ हजार ३४४ जना संक्रमित हुँदा २ हजार ९ जनाको ज्यान गएको छ ।

पाँचौ स्थानमा झरेको इटालीमा २ लाख १९ हजार ८१४ जना संक्रमित हुँदा मृतक ३० हजार ७३९ पुगेको छ । 

छैटौं स्थानको फ्रान्समा १ लाख ७७ हजार ४२३ जना संक्रमित हुँदा २६ हजार ६४३ जनाको ज्यान गएको छ । 

सातौं स्थानको जर्मनीमा १ लाख ७२ हजार ५७६ जना संक्रमित हुँदा ७ हजार ६६१ जनाको ज्यान गएको छ । आठौं स्थानको ब्राजिलमा १ लाख ६९ हजार १४३ जना संक्रमित हुँदा ११ हजार ६२५ जनाको ज्यान गएको छ । 

नवौं स्थानको टर्कीमा १ लाख ३९ हजार ७७१ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ३ हजार ८४१ छ । दशौं स्थानको इरानमा १ लाख ९ हजार २८६ जना संक्रमित हुँदा ६ हजार ६८५ जनाको ज्यान गएको छ । 

११ औं स्थानको चीनमा संक्रमित ८२ हजार ९१९ जना संक्रमित भएका छन् । जहाँ सोमबार मात्रै १७ जना संक्रमित थपिएका थिए । मंगलबार १ जना संक्रमित थपिएका छन् । ४ हजार ६३३ जनाको ज्यान गएको छ । 

भारत १२ औं स्थानमा पुगेको छ । भारतमा कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गएका छन् । आइतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना संक्रमित हुँदा सोमबार भने यो संख्यामा केही कमी आएको छ । 

सोमबार ३ हजार ५९१ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ । २२ हजार ५४९ जनालाई निको भएको छ भने मृतक २ हजार २९४ पुगेको छ । 

१३ औं स्थानको क्यानडामा ६९ हजार ९८१ जना संक्रमित हुँदा ४ हजार ९ सय ९३ जनाको ज्यान गएको छ । 

१४ औं स्थानको पेरुमा ६८ हजार ८२२ जना संक्रमित हुँदा १ हजार ९९३ जनाको ज्यान गएको छ । 

१५ औं स्थानको बेल्जियममा ५३ हजार ४४९ जना संक्रमित हुँदा मृतक ८ हजार ७०७ पुगेका छन् ।

१६ औं स्थानको नेदरल्यान्डमा ४२ हजार ७८८ जना संक्रमित हुँदा ५ हजार ४५६ जनाको ज्यान गएको छ । 

१७ औं स्थानको साउदी अरेबियामा ४१ हजार १४ जना संक्रमित हुँदा २५५ जनाको ज्यान गएको छ । 

१८ औं स्थानको मेक्सिकोमा ३६ हजार ३२७ जना संक्रमित हुँदा ३ हजार ५७३ जनाको ज्यान गएको छ । 

पाकिस्तान १९ औं स्थानमा पुगेको छ । पाकिस्तानमा ३० हजार ९४१ जना संक्रमित हुँदा ६६७ जनाको ज्यान गएको हो । 

२० औं स्थानको स्वीट्जरल्यान्डमा ३० हजार ३४४ जना संक्रमित हुँदा १ हजार ८४५ जनाको मृत्यु भएको छ ।

२१ औं स्थानको चिलीमा ३० हजार ६३ जना संक्रमित हुँदा ३२३ को ज्यान गएको छ ।

 २२ औं स्थानको इक्वेडरमा संक्रमितको संख्या २९ हजार ५०९ हुँदा २ हजार १४५ ले ज्यान गुमाएका छन् । 

२३ औं स्थानको पोर्चुगलमा २७ हजार ६७९ जना संक्रमित हुँदा १ हजार १४४ जनाको ज्यान गएको हो । 

२४ औं स्थानको स्वीडेनमा २६ हजार ६७० जना संक्रमित हुँदा ३ हजार २५६ जनाको ज्यान गएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ