arrow

जात होइन कर्म ठूलो !

logo
रमिला योञ्जन
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
ramila-yonjan.jpg

रमिला योञ्जन । 
जात थर ठूलो होइन 
मानवको कर्म 
ठूलो हुनुपर्छ । 

सबै मानव एकै हुन् 
एक अर्कामा इज्जत
मायाको गरी जिउनुपर्छ । 

जुनै जात थरका 
भएपनि अजम्बरी 
कोहि छैन एकदिन 
मरि जाने चोला न हो ।

मृत्यु पछि सान्सारिक 
संस्कारका साथ सबै 
जाने खोला न हो ।

नेपाली हौ हामी जातले 
होइन विश्व सामु वीर 
नेपाली भनी चिन्नपर्छ ।

जात धर्मको अहम् घमण्ड 
त्यागी सत्य कर्म गरी हातमा 
हात मिलाई मिल्नपर्छ ।

सही कर्म गर्न सके 
हुन्छन् ठूला 
जातको आधारमा
कोही हुन्न ठूलो
अनि सानो ।

सबै नेपाली मिली 
बनाउन पर्छ विश्वलाई 
जितेर समृद्ध नेपाल
हाम्रो घरको छानो ।

ब्राम्हण, क्षेत्री, आदिवासी
देशको सिमाना जोगाउन
एउटै बाटो हिंड्‌नु पर्छ । 

मधेसी पहाडी जो जे
भएपनि कोहि छैनौं
फरक सबै मिली वीर
नेपाली भै जिउनु पर्छ ।

जात थर ठूलो होइन 
ब्यक्तिको कर्म 
ठूलो हुनुपर्छ ।  

सबै मानव एकै हुन् 
एक अर्कामा इज्जत
मायाको गरी जिउनुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ