arrow

कोरोना संक्रमित भारतबाट आएकै बढी, जो लुकिछिपी आए उनैमा कोरोना 

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
coronavirus-hamrakuras1.jpg

लुम्बिनी । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३४ पुगेको छ । तीमध्ये अधिकांश भारतबाटै आएका हुन् । यसैबीच रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ ।

जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४ का तीन जनामा कोरोना पुष्टि भएको समरीमाई  स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले बताए । 

भैसागाहन क्वारेन्टाइनमा रहेकामध्ये वडा नं १ का ४६ वर्षीय पुरुष भारतको मुम्बईबाट यही वैशाख २५ गते नेपाल फर्किएका थिए । उनी लुकिछिपी सीमा पार गरेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा पुर्याएका थिए । यसैगरी सोही क्वारेन्टाइनमा रहेका अन्य तीन जना वैशाख २६ गते मुम्बईबाट आएका हुन् । क्वारेन्टाइनमा रहेका ४५, ३० र २६  वर्ष उमेरका तीनै जना पुरुष वडा नम्बर ४ का हुन् । 

सोही क्वारेन्टाइनमा रहनुभएकी आफ्नी आमालाई चार दिन पहिले समरीमाई १ का वडाध्यक्ष शिवकुमार यादवले जबर्जस्ती घरमा लैजानुभएकामा स्थानीयवासी, सञ्चारमाध्यम र प्रशासनको दवाबपछि पुनः क्वारेन्टाइन फिर्ता गरेका थिए । 

मर्चवारमा यसअघि कोटहीमाईका एक २५ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको थियो । उनको बुटवल स्थत कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।  लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा रहेको क्वारेन्टाइनमा रहेका ४३ मध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए । उनले भने,“ पोजिटिभ देखिएका दुई जना चार दिन पहिले भारतबाट आएका हुन् ।”  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ