arrow

सरकारको लापरवाहीः क्वारेन्टाइनमा बसेका आठ हजारलाई कोरोना परीक्षणविना घर फिर्ता

आरडिटी किट अभाव भएपछि घरमा फेरि सात दिन क्वारेन्टाइनमा बस्नु भन्दै सामान्य स्वास्थ्य परीक्षण गरी घर पठाइयो

logo
रासस, 
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
rdt-kit.jpg

रोल्पा । जिल्लाका विभिन्न क्यारेन्टाइनमा राखिएका मानिसलाई स्वास्थ्य परीक्षणविना नै धमाधम घर पठाइएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइमा राखिएका सात हजार ७२१ सर्वसाधारणलाई कोरोना परीक्षणविना नै घर पठाइएको हो ।

कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको वडा नं ४ का वडाध्यक्ष नवराज आचार्यले बताए । “जिल्ला बाहिरबाट आएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर एक साता घरमा सेल्फ आइसोलेशनमा रहन भनेका छौं”, आचार्यले भने । 

कोरोना भाइरस आरडिटी किट अभाव भएपछि सामान्य स्वास्थ्य परीक्षण गरी घर पठाइएको जनस्वास्थ्थ प्रमुख अनिल केसीले बताए । लकडाउन अवधिभर काठमाडौँ लगायत अन्य स्थानबाट हजारौँ मजदूर जिल्ला आएका थिए ।  

कोभिड –१९ को आशंकामा सोमबारसम्म २८ हजार ८८७ जनाको सामान्य जाँच गरिएको छ । एक हजार ५७६ क्वारेन्टाइन बेड रहेको रोल्पामा हालसम्म १८७ महिला र २९२ पुरुष  क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासनले कार्यालयले जनाएको छ ।

मंगलबार मात्रै ३१० जना घर फर्किएका छन् भने  १७ जना थपिएका छन् । रोल्पा नगरपालिकाको १० क्यारेन्टाइन बेडमा तीन महिला र सात पुरुष बसेका छन् । 

मंगलबा।र ११२ घर फर्किएका छन् । थवाङ गाउँपालिकामा २०९ क्वारेन्टाइन बेड रहेकामा  २८ महिला र ३० पुरुष बसेका छन् । चौबीस जना घर फर्किएका छन् । 

त्यस्तै सोमबारसम्म र जिल्लाका विभिन्न क्यारेन्टाइनबाट सात हजार ७२१ जना घर फर्किएको स्वास्थ कार्यालयका तथ्याङ्क सहायक अरुण भिटुले जानकारी दिए। 

अहिलेसम्म जिल्लाभर आइसोलेशनमा राखिएका १३ जना घर फर्किसकेको तथा अन्य पाँच जनालाई आइसोलेशनमा राखिएको स्वास्थ्थ कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ