arrow

यहाँ भाएका भारतीयलाई नेपालले हेरेको छ त्यहाँ भएका नेपालीलाई भारतले हेरोस् – मुख्यमन्त्री पोखरेल 

नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रद्धारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
96425834_2354337401537796_4.jpg

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतमा रहेका नेपाली नागरिकलाई भारत सरकारले नै ख्याल गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रद्धारा मुख्यमन्त्री पोखरेललाई भारतमा रहेका नेपालीहरु समस्यामा रहेको र उनीहरुका पीडा समाधान गर्ने सन्दर्भहरु सहितको ज्ञापन पत्र बुझ्ने क्रममा सो कुरा बताएका हुन् । 

उनले नेपाल सरकारले भारतीय नागरिकहरुलाई सुरक्षित तरिकाले हेरविचार गरिरहेको उल्लेख गर्दै भारत सरकारले पनि नेपालीहरुको हेरचाह गर्नुपर्ने बताए । 

संस्थाकी अध्यक्ष सुनिता कुँवरले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै भारतमा नेपालीहरुको समस्याहरुको बारेमा बताइन् । उनले नेपालीहरु कोरोनाको मारले गर्दा दैनिकी काट्न पनि नसक्ने अवस्थामा पुगेको बताइन्।  

उनको भनाईको प्रतिउत्तरमा मुख्यमन्त्री पोखरेले भारतमा रहेका नेपालीहरुको समस्या समाधान गर्न केन्द्र सरकारसंग पहल गर्ने बताए । 

भारतमा रहेका नेपालीहरु कयौँ दिनसम्म हिडेर नेपाली सिमा नाकामा आएको तर नेपाल प्रवेश गर्न नपाउँदा उनी नाकामै विचल्ली परेको ज्ञापन पत्रमा उल्लेख छ । 

भारतमा रहेका नेपालीहरु नेपाल सरकारले तोकेको परिधिभित्र रही आवश्यक समय नेपाली क्वारेन्टाइनमा बसी स्वास्थ्य परिक्षणगरि घर फर्कन चाहेको उल्लेख छ । 

यदि यथासिघ्र नेपाल फर्काउन नसकिने अवस्था भए सोही स्थानमा गास र बासको व्यवस्थापन गरिनुपर्ने बताइएको छ । ज्ञापन पत्र बुझाउन समितिका उपाध्यक्ष राजु कुँवर लगायतको उपस्थिति रहेको थियो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ