भारतीय अतिक्रमण र नेपाल सरकारको अकर्मण्यताको चर्को विरोध
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
672
Shares
सर्लाही । नेपाल विद्यार्थी संघले सर्लाहीले मंगलबार बिहान शान्तिपूर्ण जुलुस निकालेको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भूभाग नेपालका अभिन्न भूभागमा भारतले बाटो बनको बिरोधमा संघले जुलुस निकालेको हो ।
ती सम्पूर्ण क्षेत्रमा रहेका जनता सार्वभौम नेपाली जनता हुन् । मंगलबार उनीहरूको हातमा भारतीय नागरिकता रहनु भनेको ती जनता मुलुकविहीन हुनु सरह हो भन्दै नेपाल विद्यार्थी संघ सर्लाहीले आफना नेता तथा कायकर्ता सडकमा उत्रेका हुन् ।
विद्यार्थीले भारतीय दादागिरि बन्द गर, नालायक सरकार राजीनामा गर, जस्ता प्लेकार्ड बोकेका थिए । शान्तिपूर्ण जुलुस पछिको कोणसभामा नेपाली काँग्रसका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, सर्लाही क्षेत्र १ का क्षेत्रीय सभापति प्रमोद बराल, लालबन्दी काँग्रस नगर सभापति प्रशान्त आचार्य, संघका नेता युवराज देवकोटा, मनोज बकरेल, कृष्ण कार्की, अभिमन्यु चौधरी लगायतले संवोधन गरेका थिए ।