arrow

महामारीमाथिको राजनीतिले मानिसको जीवनमाथि खेलवाड

logo
एएफपी,
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
jair-bolsonaro-brazil-president1.jpg

रियो दी जेनेरियो। ब्रजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोनाभाइरसको त्रासलाई अतिरन्जित गरिएको निरन्तर दाबी गरिरहेका छन्। संघीय, राज्य र स्थानीय तहका अरु अधिकारीहरुले भने कोरोनाको खतरा यथार्थपरक रहेको बताउँदै आएका छन्। कोरोना महामारीलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा ब्रजिलमा राजनीतिक तहबीच गहिरो मतान्तर छ। यस राजनीतिक तिक्तताले आम मानिसको जीवन जोखिममा पारेको छ।

शनिबार मात्र ब्रजिलमा महामारीका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ, तर राष्ट्रपति बोल्सोनारोले मुलुकलाई लकडाउनमुक्त गराउने विषयलाई निरन्तर अघि सार्नु भएको छ। उनले ट्वीट गर्दै भनेका छन्, “बेरोजगारीको संख्या निरन्तर बृद्धि हुँदैछ।”

अति दक्षिणपन्थी नेताको छवी बनाउनु भएका राष्ट्रपति बोल्सोनारोले “के अराजकता सामुन्ने आइसकेको छ ?” भन्ने प्रश्न गर्दै कोरोनाभाइरसलाई “सामान्य किसिमको फ्लु”सँग तुलना गरेका छन्। कतिपयको तर्क छ, कोरोनाभाइरसले “अराजकता” सिर्जना गरिसकेको छ। कोरोनाभाइरसँग जुध्न घरभित्रै बस्ने विषयमा जारी गरिएको आदेशप्रति पनि राष्ट्रपति बोल्सोनारोले आलोचना गरेका छन्। राष्ट्रपतिको सार्वजनिक रुपमै खुलेर आलोचना गरेको भन्दै स्वास्थ्य मन्त्री लुईज हेनरिक म्याडेटालाई पदबाट बर्खास्त गरेका थिए।

यहीबीच, दक्षिण अमेरिकामै ब्राजिल कोरोनाभाइरसको इपिसेन्टरका रुपमा प्रकट भएको छ। यहाँ ११ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने डेढ लाखभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन्।

विज्ञहरुको भनाईमा न्यून परीक्षणको अर्थ संक्रमितको संख्या अरु बढी हुनु हो। हार्वर्ड विश्वविद्यालयका प्रोफेसर सिड्ने चालहोबले युरोपमा १९औं शताब्दीमा जर्मनीको ह्यामबर्गमा फैलिएको हैजाका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको प्रसँग उल्लेख गर्दै भन्नुभयो, “ब्राजिलमा झैं स्थानीय राजनीतिक नेता र प्रभूत्वशाली आर्थिक सरोकारवालाबीचको विभाजनकै कारण ठूलो संख्यामा मानिसको ज्यान गएको थियो। यस द्वन्द्वले जर्मनीले अन्ततः झन् ठूलो आर्थिक क्षति व्यहोर्नु परेको थियो।”

बोल्सोनारोका समर्थकहरुले हालैका साताहरुमा लकडाउनको विरोधमा शृंखलाबद्ध प्रदर्शन गरिसकेका छन्। कुनै भेलामा त स्वयं राष्ट्रपति उपस्थित भएका छन, सडकमा उत्रनु भएको छ, मानिसहरुसँग हात मिलाउने र कडा भाषणहरु गरेका थिए। यी सभामा सबै व्यक्तिले मास्क समेत लगाउन अस्वीकार गरेका छन्। 

यी प्रदर्शनहरुमा कङ्ग्रेस (संसद) र सर्वोच्च अदालतप्रति तिखा टिप्पणीहरु गरिएका छन्। कतिपय अवस्थामा प्रदर्शनहरु हिंसात्मक हुने गरेका छन्। कतिपय प्रदर्शनकारीले पत्रकार र नर्सहरुमाथि समेत आक्रमण गर्ने गरेका छन्।

हालै मात्र डाटाफोल्हा इस्न्टिच्यूटले गरेको जनमत सर्वेक्षणमा ६७ प्रतिशत ब्राजिलीहरुले भाइरसलाई नियन्त्रणमा ल्याउन घरभित्रै बस्न दिइएको आदेश उपयुक्त रहेको बताएका छन्। मुलुकको अर्थतन्त्रलाई चोट पुगे पनि लकडाउन अनिवार्य रहेको उनीहरुको भनाई छ। 

बोल्सोनारोका कतिपय समर्थक पनि यही विश्वासमा छन्। अर्को जनमत सर्वेक्षणमा बोल्सोनारोका दक्षिणपन्थी समर्थक हौं भन्ने ५६ प्रतिशतले राष्ट्रपतिको कदमप्रति समर्थन जनाएका छन् भने ४० प्रतिशतले राष्ट्रपतिको विरोध गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मित्र बोल्सोनारोले पनि अमेरिकी राष्ट्रपतिले झैं कोरोनाभाइरसको उपचारका लागि क्लोरोक्वीनको प्रयोगलाई बढावा दिएका थिए। तर ब्राजिली बैज्ञानिकहरुले उक्त औषधि कोरोना रोकथाम र उपचारमा खासै उपयोगी नरहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ