arrow

इलाम नामसालिङमा आगलागीः दमकल आएन, तीन घर जल्दा ७० लाख बढीको क्षती 

logo
आर्य अधिकारी,
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
aaglagi-ilam-namsaling.gif

इलाम। इलामको माईजोगमाई गाउँपालिका ३ को नामसालिङ बजारस्थित शुक्रबारेमा सोमबार राती आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन्। आगलागिबाट ७० लाख बढीको क्षती भएको छ ।

सोमबार राती  १० बजे शुरु भएको आगलागीमा स्थानीय मांगेलाल गर्ग, छत्रकुमारी दर्जी र  रुक्मीणी प्रधानका तीनवटा काठका घर जलेर नष्ट  भएका हुन । 

आगलागीबाट गर्ग र दर्जीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने प्रधानको घर आगलागी नियन्त्रण गर्ने क्रममा पूर्ण रुपमा भत्काईएको छ । राती करिब १० बजे शुरु भएको आगो बिहान ३ बजे मात्र नियन्त्रणमा आएको थियो । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । 

आगलागीबाट ७० लाख बढीको क्षती भएको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले जानकारी दिए। प्रारम्भीक अनुमान मात्र भएकाले क्षतीको बिबरण बढन सक्ने अध्यक्ष राईले जानकारी दिए।

क्षतीको  बिबरण संकलन भैरहेको उनले जानकारी दिए। आगलागीको कारण खुल्न सकेको छैन । आगो नियन्त्रण गर्न सूर्योदय नगरपालिका र इलाम नगरपालिकाका दमकल मगाईए पनि नआएको स्थानीयले बताएका छन् । इलाममा आगलागी हुँदा दमकलले कहिल्यै काम दिने गरेको छैन । थन्काईएका दमकलले काम नदिदा बढी क्षती हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ