स्वास्थ्यकर्मीलाई पनि देखियो कोरोना, स्वास्थ्य परिक्षण गर्दै आएकी स्वास्थ्यकर्मीमा भेटियो
मणी गैह्रै,
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
1.6k
Shares
कपिलवस्तु। मंगलवार कोरोना परिक्षणका क्रममा भेटिएका ५७ जनामध्ये एक स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भएको पाइएको छ। स्वास्थ्य मन्त्रालयको कोरोना रिर्पोटमा कपिलबस्तु नगरपालिका वडा नं १ को २५ बर्षीय युवती संक्रमित भनिएको थियो। मन्त्रालयले भनेकी ति युवती स्वास्थ्यकर्मी भएको पाइएको छ। उनि कपिलवस्तु अस्पताल तौलिहवाकी स्टार्फ नर्स रहेको पुष्टी भएको हो।
जिल्ला अस्पतालमा कार्यरत उनी सहित केही स्वास्थ्यकर्मीको स्वाव परिक्षणको लागी पठाइएको थियो । अन्य स्वास्थ्यकर्मीको नजिजा आउन बाकीं रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। अस्पताल स्रोत अनुसार संक्रमित स्वास्थ्यकर्मीसँग धेरै जना सम्पर्कमा आएको हुँदा अरुलाई पनि संक्रमण लाग्न सक्ने बताइएको छ।
अस्पताल कर्मचारीहरुसँग तत्काल छलफल गरी सचेतना अपनाउन र स्वाव संकलन गर्ने बारेमा छलफल भइरहेको अस्पताल स्रोतले जनाएको छ। स्वास्थ्यकर्मीसंगै आठ जनाको रिर्पोट पाजेटिभ आएको हो।