arrow

लकडाउनको बेलामा अपाङगता भएकी किशोरीमाथि करणी

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
Rape.jpg.jpeg

दार्चुला। दार्चुलामा लकडाउनको समयमा एक १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको छ। जिल्लाको दुहुँ गाउँपालिका‐४ का ३२ वर्षीय गणेश लोथ्यालले व्याँस गाउँपालिका सुन्सेराकी १७ वर्षीया सपना (नाम परिवर्तत) गरिएकी किशोरीमाथि जबरजस्ती करणी गरेका हुन्।

बैशाख २९ गते विहान ४ बजेतिर सपनालाई लोथ्यालले जबरजस्ती करणी गरेको पिडितका आफन्तले बताएका छन्। लोथ्याल विरुद्ध पिडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी मुद्दा दर्ता गरेका छन्। पिडितका आफन्तले दिएको जाहेरीका आधारमा मंगलवार मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए। पीडित किशोरी मानसिक रुपमा अपाङ्ग रहेको समेत उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ