बर्षौदेखिको दुश्मनी सिध्याउदै शाहरुख,१६ वर्षसम्म नबोलेका सनी देवललाई घरै पुगेर उपहार

प्रकाशित मिति : २०७७ बैशाख ३० मंगलबार

काठमाडौं ।  बलिउड अभिनेता सनी देवलले आफ्नो  सन् १९९३ को ब्लकबस्टर फिल्म 'दामिनी' को रीमेक निर्माण गर्न चाहेका छन् । सनी देवलले आफ्नो छोरा करण देवललाई फिल्मको मुख्य भूमिकामा लिन चाहेका हुन् । 

 तर फिल्मका सबै अधिकारहरू शाहरुखको कम्पनी रेड चिलीज एन्टरटेन्मेन्टमा थियो। भारतीय सञ्चारमाध्यमका अनुसार यस्तो अवस्थामा शाहरुखले आफ्नो फिल्मको अधिकार सनी देवललाई दिएका छन्, त्यो पनि बर्षौदेखिको दुश्मनी सिध्याउदै । बर्षौदेखिको चलेको सनी देवल र शाहरुख खान बीचको खटपट कसैबाट पनि लुकेको छैन।

शाहरुख खान, सनी देवल र जुही चावलाको ‘डर’ फिल्म त्यतिबेला निकै चर्चित बनेको थियो । सो फिल्मले शाहरुख खानको फिल्मी करियरलाई अघि बढ्न सहयोग गरेको थियो । तर, यो फिल्मले शाहरुख र देवलको बीचमा लडाइँको अवस्था उत्पन्न गरेको थियो । यो फिल्मपछि सनी देवल १६ वर्षसम्म शाहरुख खानसँग  बोलेनन्।

‘डर’ फिल्मको शुटिङको क्रममा एक सीनमा शाहरुखले सनी देवललाई चक्कु प्रहार गर्नुपर्ने हुन्थ्यो । फिल्मको स्क्रिप्ट नै यो थियो । तर, यस विषयमा सनी देवल र यशकुमारको बीचमा निकै विवाद भएको थियो ।

सनीले सामान्य मानिसले फिल्मको प्रमुख कमाण्डोलाई चक्कु हान्छ भने त्यसो औचित्यको विषयमा पनि प्रश्न उठाएका थिए । तर, निर्देशकका अनुसार सीन गर्नुपर्ने भयो । यो घटनापछि सनी देवल निकै रिसाएका थिए ।

फिल्म 'दामिनी' का निर्माता करीम मोरानी र अली थिए। शाहरुखले यस फिल्मको अधिकार आफ्नो प्रोडक्शन हाउसको नाममा किनेका थिए। जब शाहरुखले सनीको छोराको बारेमा फिल्म बनाउन चाहेको कुरा थाहा पाए, यस वर्ष मार्चमा शाहरुख सनीको घरमा गए र लकडाउन सुरु हुनु अघि फिल्मको अधिकार सनीलाई हस्तान्तरण गरे।

फिल्म 'दामिनी' मा सनी देवलको अलावा मीनाक्षी शेषाद्री, ऋषि कपूर र अमरीश पुरी पनि मुख्य भूमिकामा थिए। फिल्मको प्रख्यात डायलग 'डेट पे डेट' सनीको फ्यानहरूमा आज पनि त्यति नै लोकप्रिय छ। फिल्मबाट सनी देवले राष्ट्रिय फिल्म पुरस्कार जितेका थिए।

इन्डिया टीभीको शोको क्रममा उनलाई १६ वर्षसम्म शाहरुख खानसँग नबोल्नुको कारणबारे सोध्दा उनले आफूहरुको बीचमा कुरा गर्ने विषय नै नहुने गरेकोले कुराकानी नभएको बताएका थिए  ।

सनीले फिल्ममा भिलेनलाई धेरै महत्व दिइएको आरोप थियो । आफूलाई निर्देशकले भिलेनलाई यति धेरै महत्व दिन्छन् भन्ने कुरा थाहा नभएको उनले सुनाए । त्यतिबेला सनी देवल ठूला स्टार थिए । यसकारण यश चोपडाले राहुल मेहरा र सुनील मल्होत्रामध्ये एउटा भूमिका चयन गर्न प्रस्ताव गरेका थिए । यस्तोमा सनीले सकारात्मक भूमिका चयन गरेका थिए ।
 
उनले अन्तर्वार्तामा आफूलाई सकारात्मक भूमिकालाई महत्व दिने अपेक्षा रहेको बताए । उनले आफूलाई फिल्ममा धोका भएको कारण आफूले त्यसपछि यशराजसँग कहिल्यै पनि काम नगरेको बताए ।

देवल भारतको तल्लो सदन लोकसभाको सांसद  हुन् । भाजपाका उम्मेदवार रहेका देवलले  पञ्जावको गुरदासपुरबाट सांसद जितेका थिए। 

नयाँ