arrow

कोरोना संक्रमित १२ वर्षीया बालिका खजुरा अस्पतालमा

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
covid-test-positive-corona.jpg

बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा मंगलबार कोरोना संक्रमण देखिएकी एक बालिकालाई बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा ल्याइएको छ । कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि १२ वर्षीया बालिकालाई उपचारका लागि बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा भर्ना गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
 
बालिकाको स्वास्थ्यावस्था सामान्य रहे पनि बर्दियामा कोरोना विशेष अस्पताल नभएकाले खजुरा ल्याइएको उनले बताए । खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा बाँकेका २४ जनासहित अब २५ जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
 
९६ स्वाबको रिपोर्ट नेगेटिभ
नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा मङ्गलबार ९६ जनाको कोरोना परीक्षण रिपाोर्ट नेगेटिभ आएको छ । सोमबार नेपाल–भारत सीमावर्ती क्षेत्र जयसपुरबाट सङ्कलित ८२ र खजुरा प्राथमिक स्वास्थ्य केन्द्रबाट सङ्कलित १४ स्वाबको रिपोर्ट नेगेटिभ आएको फोकल पर्सन श्रेष्ठले बताए ।

शनिबार टाँगा स्टेशन क्षेत्रबाट सङ्कलित १६२ स्वाबको रिपोर्ट भने अझै आएको छैन । ती १६२ स्वाबको काठमाडौँमा परीक्षण भइरहेको छ । मंगलबार पनि थप पाँच जनामा स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेमा हालसम्म २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको खजुरास्थित कोरोना  आइसोलेशन अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ