arrow

चीनमा ३९ प्रतिशत विद्यार्थी मात्रै कक्षामा उपस्थित

logo
सिन्हवा,
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
china-students.jpg

बेइजिङ। चीनमा कोरोनाभाइरसको महामारी नियन्त्रणमा आएसँगै सरकारले आवतजावतमा सहज बनाउने, आर्थिक गतिविधिलाई पुनः चालु गर्ने र विद्यालयहरू सञ्चालन गर्ने निर्णय लिएको छ। सरकारको निर्णयपछि सोमबारसम्ममा १० करोडभन्दा बढी विद्यार्थीले विद्यालय तथा क्याम्पसका कक्षाहरूमा उपस्थित भएका छन्। यो चीनभर रहेका विद्यार्थीहरूको कूल सङ्ख्याको ३९ प्रतिशत हो।

चीनको शिक्षा मन्त्रालयका उच्च अधिकारी वाङ देङफङले विद्यालय खुलेपछि विद्यार्र्थीहरूको कक्षामा उपस्थिति हुने क्रम उल्लेख्य बढ्न थालेको बताउँदै पत्रकार सम्मेलनमा भने, “प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म विद्यार्थीहरू आउने क्रम जारी रहेको छ। सोमबारसम्ममा करिब दश करोड अर्थात् कूल विद्यार्थी सङ्ख्याको ३९ प्रतिशत सहभागिता भएको छ। बाँकी विद्यार्थीहरू पनि विद्यालय आउने क्रम क्रमशः बढ्ने क्रम रहेको छ।”

विश्वमा महामारीको रूप लिएको कोरोनाभाइरस शुरूमा गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट पत्ता लागेको थियो। चीनमा कोरोनाभाइरसबाट मङ्गलबारसम्ममा करिब ८३ हजार व्यक्ति सङ्क्रमित बनेका छन् भने चार हजार ६३३ जनाको मृत्यु भएको छ।

चीनमा पछिल्ला दिनमा सङ्क्रमणका घटना छिटफुट देखिएपनि ती व्यक्तिहरू विदेशबाट आएका र आन्तिरिकरूपमा सङ्क्रमण हुनेक्रम लगभग नियन्त्रणमा रहेको चिनियाँ अधिकारीहरूले बताउने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ