arrow

यमनी सरकारद्वारा विद्रोहीसँगका प्रत्यक्ष वार्ता स्थगित भएको घोषणा

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
Situasi-Yaman-Saat-Ini.jpg.jpeg
कुबेत । यमनमा द्वन्द्वरत पक्षबीच विवादित मुख्य विषय समाधानका लागि प्रत्यक्ष वार्ता शनिबार सुरु भएपनि विद्रोहीद्वारा सरकारी सैन्यशिविरमा आक्रमण जारी राखेको जनाउदै सरकारले प्रत्यक्ष वार्ता स्थगित गर्ने निर्णय गरेको जनाएको छ । 
 
हामीले विद्रोहीसँगको प्रत्यक्ष वार्ता विद्रोहीपक्षबाट गरिएका लगातारका युद्धविरामको नियम उल्लङ्घनका घटनापछि स्थगित गर्ने निर्णय गरेका छौ, सरकारी उच्च प्रतिनिधिले बताए । तर कुबेतमै रही अप्रत्यक्ष वार्तालाई भने जारी राख्ने उनले बताए । साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले यमनमा सन् २०१५ को मार्चबाट सुरु गरेको इरान समर्थक हुठी विद्रोहीविरुद्धको सुरक्षा कारबाही शुरुगरे यता छ हजार ८०० यमनी नागरिकको मृत्यु भएको राष्ट्रसङ्घको तथ्याङ्क छ । त्यसैगरी द्वन्द्वका कारण २८ लाख यमनी नागरिक विस्थापित भएका छन् । 
 
यमनको राजधानी सानासहितका अधिकांश भूभागमा कब्जा जमाएपछि साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा संयुक्त सुरक्षा कारबाही सुरु गरेको थियो । यमनको सत्तापक्ष र विद्रोही पक्षले राजनीतिक तथा सुरक्षा मामिला सम्बन्धमा आ–आफ्नो तर्फबाट प्रारम्भिक संरचना तयार गरी पेस गरेपछि नयाँ चरणको छलफल अघि बढेको हो । यसैबीच विद्रोही नियन्त्रित sabanwqs.comनामक वेबसाइटले विद्रोहीसहितको सङ्क्रमणकालीन सरकार गठनको प्रस्ताव विद्रोही हुठी समूहले गरेको बताएको छ ।एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ