- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कोरोना भाइसबाट बिश्वनै त्रासमय अवस्थामा छ। आजसम्मको बिश्वको आँकाडा हेर्दा ४२ लाख ५४ हजार ८ सय कोरोना संक्रमित रहेका छन् भने कोरोनाकै कारण २ लाख ८७ हजार २ सय ९३ जनाको मृत्यु भएको छ । त्यस्तै, विश्वमा अहिले १५ लाख २७ हजार भन्दा बढी मानिसहरु उपचार पछि निको भएका छन् । नेपालमा पनि कोरोनाका संक्रमित विरामीहरुको संख्या दिन प्रति दिन बढ्दै गएको छ । नेपालमा १३४ जनामा कोरोना पुष्ठी भएको छ जसमध्ये ३३ जना उपचार पछि घर फर्केका छन् । नेपालको तुलनामा छिमेकी मुलूक भारतमा बुलेट ट्रेनको गतीमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । झण्डै १ सय ३० करोड जनसंख्या रहेको भरतमा कोरोनाकै कारण हालसम्म करिव ७० हजार मानिसहरु संक्रमित भएका छन् जसमध्ये करिव २३ सय जनाको मृत्यु भईसकेको छ । हालसम्म २२ हजार बढी कोरोना संक्रमितहरु उपचारपछि घर फर्केका छन् ।
पछिल्लो समय भारतमा कोरोना माहामारी तिव्र गतीमा बढेसंगै नेपालीहरुमा समेत त्यसको त्रास बढेको छ । विशेष गरी भारत संगको खुला सिमाना हुनु र कोरोनको माहामारीकै विचमा भारतमा रहेका नेपालीहरु नेपाल प्रवेश गरेको कारण यसले थप चिन्ता उत्पन्न गराएको छ । भारतबाट नेपालमा दैनिक खाद्य बस्तु, तरकारी, कच्चा पदार्थ, पेट्रोलियम पदार्थ आदि आउने गरेको छ । नेपाल विभिन्न हिसावले भारतमा निभर रहदै आएको छ । विशेषगरी कारोना कहरको विचमा हामी आत्मनिर्भर हुन नसक्नुनै सवै भन्दा ठुलो समस्याको विषय बन्न पुग्ने देखिन्छ ।
कृषि उत्पादनमा जोड
नेपालको दुई तिहाई जनसंख्या कृषिमा जोडिएको बताइन्छ । यति धेरै नागरिकहरु कृषिमा संलग्न भएपनि नेपाल खाद्यान्न तथा कृषि उत्पादनमा भने आत्मनिर्भर छैन । विशेष गरी नेपालमा कृषि क्षेत्र उत्पादनमुखी भन्दा पनि निर्वाहामुखी रहेको छ । जसले गर्दा कृषिमा यती ठूलो जनसंख्याको संलग्नता हुँदा हँुदै पनि हामीहरु भारतमै निर्भर रहेका छौँ । कोरोना कहरको महामारीले भारतलाई थिचीरहेको अहिलेको अवस्थामा खाद्यान्य तथा कृषि उत्पादनहरु नेपाल भित्रने अवस्था कम छ । यदी भारतबाट नेपालमा खाद्यान्य ढुवानी हुन छाड्यो भने नेपालमा गम्भिर भोकमोरीको अवस्था सृजना हुने देखिन्छ । यस संगै रोजगारीको शिलसिलामा भारत लगाएतका तेश्रो मुलुकमा रहेका नेपालीहरु पनि पुन नेपाल फर्कन थालेका छन् । जसले नेपालको पुरानो खाद्यान्न तथा कृषिको उपभोग समेत बढ्ने देखिन्छ । विश्वभर संक्रमणका कारण लकडाउनले अन्तर्राष्टिय सिमा सिल हुदाँ एकैपटक धेरै राष्ट्रहरुको आपुर्ति ब्यवस्था अबरुद्ध भएको छ , सबै मुलुक एउटैखाले समस्याबाट ग्रसित हुनाले उत्पादन र आयात निर्यात बन्द हुने सम्भावना बढि छ । यस्तो संकटबाट जोगिन केन्द्र , प्रदेश र स्थानिय तहका सरकारहरुले विशेष निति तर्जुमा गरि कृषि उत्पादकत्व बृद्धि गर्न लाग्नु जरुरी छ ।
रेमिट्यान्सको विकल्प कृषि, पर्यटन र उद्योग
नेपाल जस्तो अल्प बिकसित मुलुकमा दैनिक श्रम गरेर खाने गरिब, असहाय,बिपन्न र आश्रित परिवारहरुको संख्या ठूलो छ । बेरोजगारीको संख्या पनि त्यत्तिकै छ । कोरोना भाइरसको कारणले अन्तर्राष्ट्रिय श्रम बजारमा श्रमिकहरुको संख्या कटौटी हुदैछ । जसबाट नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको रेमिटयन्स समेत घटेर जाने छ । रेमिटयन्स कमजोर हुदाँ नेपालको अर्थतन्त्र समेत कमजोर हुन्छ । कमजोर अर्थतन्त्रलाई व्यवस्थापन गर्न रेमिटयन्सको विकल्पमा पर्यटन , कृषि र उद्योगलाई विकसित गर्न आवश्यक छ । विदेशबाट फर्केर आएका दक्ष जनशक्तिको सहि सदुपयोग गर्न सरकार सफल भए देशलाई आत्मनिर्भर बनाउने अवसर मिल्न सक्छ । सरकारले अव विदेशमा होइन स्वदेशमै काम गर्न नागरीकलाई हौसला प्रदान गर्न काम गर्ने बातावरण सृजना गर्न आवश्यक छ ।
विश्वभरीनै कोरोनाले आतङ्क मच्चाइरहेको अवस्थामा नेपालमा एक जनाको पनि कोरोनाबाट मृत्यु नहुनाले पर्यटकहरुलाई स्वास्थ्यका दृष्टिकोणबाट पनि नेपाल सुरक्षित स्थान रहेको प्रमाणित गरेको छ । हामीले विश्वमाँझनै नेपाल सुन्दर, सुरक्षित र आकर्षक गन्तव्य रहेको प्रचार गर्न सक्छौ । जसले रेमिट्यान्सको विकल्पमा नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सक्छ ।
स्वास्थ्य क्षेत्रलाई सुधार गरौँ
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको भयावलाई आंकलन गर्दै यसको लक्षण तत्कालै नदेखिए पनि संक्रमण हुनु र लक्षण ढिलो देखिने हुँदा खतरा नै रहेको बताउदै आएको छ । त्यसकारण पनि परिक्षणको दायरा फराकिलो बनाउदै स्वास्थ्य सामग्रीको उचित ब्यवस्था गर्दै र संकास्पद ब्यत्तिहरुको परिक्षणको दायरालाई समेत फराकिलो बनाउनु अति आवश्यक छ । देशैभरका जिल्लाहरुमा आईसीयू , भेन्टिलेटरको अभाव रहेको छ । साथै दक्ष स्वास्थ्यकर्मीको कमीले गर्दा कोरोना संकमित विरामीहरुको पहिचानमा समस्या आइरहेका छन् । स्वास्थ्यकर्मीहरुका पनि अनेकन समस्याहरु छन् । कोरोना परिक्षणको लागि आवश्यक पर्ने पीपीइ लगायतका सामग्रीको अभावले गर्दा उनीहरुको स्वास्थ्य जोखिम त बनेको छनै, क्षमतामा पनि प्रश्नहरु उठ्न थालेका छन् ।
यस्ता रोगहरु समयसमयमा पुन दोहोरिन सक्ने हुँदा कोरोना कहरबाट पाठ सिकेर सरकारले स्वास्थ्य क्षेत्रमा बजेटको आयातनलाई बढाउनु पर्ने छ । अहिले न्यून अवस्था ओगटेको स्वास्थ्य बजेटमा अव यसलाई बृद्धिगरी बार्षिक कुल बजेटको ३५ प्रतिशत विनियोजन गर्नुपर्ने हुन्छ । सेवासुविधा सम्पन्न अस्पतालहरु बनाउने, अस्पताललाई चाहिने सामग्री खरिद तथा उत्पादन गर्ने तथा स्तरीय मेडिकल कलेज र नर्सिङ कलेजहरु संचालनमा ल्याउनुपर्छ । यसो गरिएको खण्डमा सयौले रोजगारी पाउनुको साथै मुलुक स्वास्थ्य क्षेत्रमा अब्बल बन्न सक्छ ।