arrow

बैशाख ३१ गते बुधबारः यस्तो छ पञ्चांग, राशिफल र शुभादी बेला

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
Today-Horoscopee-(1).jpg

२०७७ वैशाख ३१ गते बुधबार 
आजको पञ्चांग 

आज मिति २०७७ वैशाख ३१ गते बुधबार, इस्वी संवत मे १३ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । बसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठ कृष्णपक्ष बछलागा चलिरहेको छ । 

सौरमान अनुसार आज ज्येष्ठ कृष्णपक्षको षष्ठी तिथि ११ घडि १३ पला अर्थात बिहानमा ९ बजेर ४७ मिनेटसम्म त्यसउप्रान्त सप्तमी तिथि लाग्नेछ । आज उत्तरषाढा नक्षत्र, विष्कुम्भादि योगमा शुक्ल, करणमा भद्रा, आनन्दादि योगमा मुद्गर रहनेछ । 

सूर्य मेष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान ३३ घडि ३४ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर १८ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४४ मिनेटमा हुनेछ । 

आजको राशिफल

मेषः समय सामान्य रहनेछ । स्वास्थ्य ठीकठाक रहनेछ । तर गर्न खोजेका केही काम सफल, केही असफल हुनेछन् तैपनि कडा परिश्रम गर्नुभएमा निश्चित रुपमा केही नहुनुभन्दा राम्रै हुनेछ । लेनदेन कारोवार गर्दा ज्यादै सतर्क रहनुहोला । समय मध्यम छ, टाढाको यात्रामा पनि खासै उपलव्धि देखिंदैन ।

वृषः स्वास्थ्य भरपर्दो रहनेछैन । चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाब सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । यात्रामा पनि शुभ समय रहेको छैन ।

मिथुनः समय तथा परिस्थिति अनुकुल रहने छैन । जो कसै व्यक्तिले धोका दिने प्रयास गर्नेछन् । आफ्नो क्षमता अनुसार जे काम गर्नुछ एक्लै गर्नुहोला । जसमाथि तपाईंले ठूलो विश्वास गर्नुभएको छ ति व्यक्तिहरूबाट नै काम बिग्रनेछन्, विशेष सतर्क रहनुहोला । 

कर्कटः स्वास्थ्य भरपर्दो रहनेछ । आकस्मिक रूपमा नगद प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ पाइने समय छ । विद्यार्थीहरूलाई उच्चतम् लाभ मिल्ने, नयाँ रोजगारीको अवसर मिल्ने छ । आदर–सत्कार, प्रतिष्ठा बढाउने काममा लगानी गर्ने शुभ अवसर आइलाग्ने छन्, प्रयास गर्नुहोला । 

सिंहः समय शुभ छ । आशा नै नगरेको ठाउँबाट धन लाभ हुनेछ । जमीन किन्नु छ भने आजै किन्नुहोला । उच्चस्तरीय घनिष्ट मित्रसंगको भेटले पेशागत क्षेत्रमा नयाँ लाभ, गरेका हरेक कार्यमा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समग्रमा आजको समय राम्रो रहेकाले उपयोग गर्न सके लाभ मिल्नेछ 

कन्याः समय तथा स्वास्थ्य राम्रो छैन । आँखामा एक्कासी समस्या आउन सक्नेछ । यातायात क्षेत्रबाट आर्थिक घाटा हुन सक्नेछ । कसैलाई नगद सापट दिएमा उठ्नै कठिन हुनेछ । चिसोले स्वास्थ्यमा गडबडी आउने सक्ने देखिन्छ । समय खराब रहेकाले सबै प्रकारले सतर्क भई हिंड्नुहोला । आज टाढाको यात्रा, नयाँ मित्रसंगको भेटघाट समेत विफल हुने देखिएको छ । 

तुलाः समय खराब छ । आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । 

वृश्चिकः पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । धार्मिक एवं सामाजिक कार्य पनि राम्रो हुनेछ ।, टाढाको यात्रा, मित्रसंगको भेटघाट पनि सुखद् हुन सक्ने देखिन्छ ।

धनुः धनु राशिका लागि आज समय तथा स्वास्थ्य अनुकुल छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । 
 
मकरः स्वास्थ्य सबल रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ ।

कुम्भः समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, समय खराब छ । स्वास्थ्यको हिसावले खराव रहेको छ । घुँडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । त्यसकारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्नेछैन । 

मीनः समय शुभ छ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुँदै जानेछन् ।

साइतः आज चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले दक्षिण र पूर्व बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन । आज बुधबार उत्तर दिशाको यात्रा गर्नु शुभ मानिंदैन । 

आजको शुभ लाभादि बेला 
बिहान ५ः१८ बजेदेखि         ६ः४८ बजेसम्म        लाभ बेला
बिहान ६ः४८ बजेदेखि         ८ः१८ बजेसम्म        अमृत बेला
बिहान ८ः१८ बजेदेखि         ९ः४८ बजेसम्म        काल बेला
बिहान ९ः४८ बजेदेखि        ११ः१८ बजेसम्म        शुभ बेला
दिउँसो ११ः१८ बजेदेखि        १२ः४८ बजेसम्म        रोग बेला
दिउँसो १२ः४८ बजेदेखि          २ः१८ बजेसम्म        उद्धेग बेला
दिउँसो २ः१८ बजेदेखि        ३ः४८ बजेसम्म        चर बेला
दिउँसो ३ः४८ बजेदेखि        ५ः१८ बजेसम्म        लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ