arrow

अमेरिकामा फेरि बढे कोरोना संक्रमित र मृतक

logo
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
corona-trump.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमित र मृतक फेरि बढेका छन् । आइतबार र सोमबार त्यो संख्यामा कमी आए पनि मंगलबार भने फेरि पुरानै लयमा अगाडि बढ्न लागेको हो । 

विश्वभर ४३ लाख ३८ हजार संक्रमित हुँदा अमेरिकामा मात्रै १४ लाख ८ हजार १५५ जना संक्रमित भएका छन् । नयाँ संक्रमित २२ हजार ३२१ जना थपिएका छन् । 

मृतकको संख्या ८३ हजार ३७७ पुगेको छ । नयाँ मृतक १ हजार ५८२ रहेको छ । 

निको हुनेको संख्या २ लाख ९५ हजार ७८१ पुगेको छ । 

शनिबार संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेकामा आइतबार १३ लाख ६७ हजार ६३८ पुगे । त्यस्तै सोमबार १३ लाख ८५ हजार ७४५ पुग्यो ।  

अर्थात् पछिल्ला दिनमा २५ देखि ३० हजारको हाराहारीमा संक्रमित भएकामा आइतबार २० हजारको हाराहारीमा मात्र संक्रमित भए । सोमबार त्यो संख्या घटेर १८ हजार १०७ मा झर्यो । 

मंगलबार फेरि बेढेको छ । त्यस्तै मृतक भने फेरि बढेका छन् । आइतबार ७ सय ८४ जना मात्र थपिएकामा सोमबार भने ९९९ जना थपिए । जबकि २ हजारको हाराहारीमा हरेक दिन अमेरिकामा मृत्यु हुँदै आएको थियो । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ४८ हजार ६५५ जना संक्रमित हुँदा मृतकको संख्या २७ हजार १७५ पुगेको छ । 

न्यूजर्सीमा १ लाख ४२ हजार ७९ जना संक्रमित हुँदा ९ हजार ५४१ जनाको ज्यान गएको छ । 

थपिएका नयाँ संक्रमित भने इलिनोसमा बढी छन् । मंगलबार त्यहाँ एकै दिन ४ हजार १४ जना संक्रमित थपिए । मृतक सबैभन्दा बढी न्यूजर्सीमा २०० भएका छन् । 

संक्रमित बढेसंगै राष्ट्रपति भवन ह्वाइट हाउसमा मास्क अनिवार्य गरिएको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्प भने आफूले मास्क नलगाउने बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ